पशुपति शर्माको “सारङ्गी र्याई र्याई” युट्युवको ट्रेण्डिङ्गमा

पाल्पा, चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माले शुक्रबार सार्वजनिक गरेको “सारङ्गी ¥याई ¥याई” बोलको गित दुई दिन मै युट्युवको ट्रेण्डिङ्गमा परेको छ । बैशाख महिनामा घरजाम बस्न लागेका युवा पुस्तालाई लक्ष्यित गरि तयार गरिएको सन्देश मुलक ठट्यौली लोक भाका दर्शकको रोजाईमा परे संगै ट्रेण्डिङ्गमा छाएको हो ।

सदावहार आफ्नै शब्द सृजना र अभिनय सहित उत्कृष्ट भाका पस्किदै आएका शर्माले शुक्रबार आफ्नै युट्युव च्यानल बाट गित सार्वजनिक गर्नु भएको थियो । शर्माको आफ्नै शब्द संगित र स्वर रहेको गितमा महिला आवाजमा सम्झना भण्डारीले साथ दिनु भएको छ । संयोजना सुनिल परियारले गर्नु भएको छ । प्रकाश भट्टको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा शर्मा र मोडल करिश्मा ढकालको अभिनय रहेको छ । साई भिजन प्रालि मार्फत तयार भएको म्युजिक भिडियोको छायाङ्कन नवराज उप्रेतीले गर्नु भएको हो । भर्खर विहे गर्ने तयारीमा रहेका युवा पुस्ताको भावना र विहे भैसके पछिको अवस्थालाई गित र अभिनय बाट ठट्यौली पारमा प्रस्तुत गरिएको छ ।

शर्माले गत वर्ष पनि स्याङ्जा जाने बाटैमा तनहुँ, कान्छि बुहारी लगाएतका गितहरु ल्याउनु भएको थियो । हजारौं चर्चित भाकाहरु बाट शर्मा लाखौ दर्शक स्रोताको मनमा बस्न सफल भैसकेको छ । गायक शर्माले मनोरञ्जन प्रदान गर्ने, सन्देश मुलक ठट्यौली, राष्ट्रियता भाकाहरु मार्फत अरु भन्दा फरक धारको सिर्जना गरेर छुट्टै पहिचान बनाउँदै आउनु भएको छ ।

पूरा गीत हेर्न तलको लिंन्क क्लिक गर्नुहोला।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?