विद्यार्थी (कविता)

विद्यार्थी हुनमा छ गौरव जहाँ कर्तव्य पुरा गरे
विद्या हो मनको सफा र हलुका ऐश्वर्य मिल्ने भरे
जोगाई अधिकार वैभव सदा हिँड्नेछ बारी भरी
बढ्नेछन् जगमा नवीन पथमा उड्ने छ चङ्गा सरी ।।१।।

उड्नेछन् पुतली सरी गगनमा कर्तव्य पुरा गरी
चुम्नेछन् भमरा सदा मखमली आँफैछु माली सरी
जो गर्ला रणमा घमण्ड नगरी ज्यामी सरी जाँगर
फुल्ला जीवनका सदैव बागमा सौन्दर्यको सागर ।।२।।

यस्तो उत्तम ज्ञान लिन्छ जसले आफ्नो र घर्का यस
तिम्रो इज्जत सदा अगाडी बहँदा मिल्ने छ राम्रो जस
इच्छा मर्नु हुँदैन आज घरको भन्ने इरादा रहे
त्यो स्वर्गीय सदा सदा सुख दिने प्राप्ति हुने हो भरे ।।३।।

देखाऊ अनुशासनै जगतमा उत्कृष्ट ज्ञाता बनी
जाँ जान्छौँ रणमा रहन्छ मनमा नेपाल मेरो भनी
लाग्नेछन् जब पढ्नमा मनहरु राम्रो तयारी गरी
मिल्ला शक्ति हिमाल पुग्न सबैमा सम्पूर्ण जीवन भरी ।।४।।

लेखक खाम्चा खुट्टाको सहायताले अक्षर मार्फत आफ्नो अभिव्यक्ति व्यक्त गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?