राष्ट्रियसभा उप–निर्वाचनमा लुम्बिनी प्रदेश बाट कांग्रेसका उम्मेदवार पाण्डेय निर्वाचित

दाङ, लुम्बिनी प्रदेशमा सोमबार भएको राष्ट्रियसभा सदस्यका चयनको उप निर्वाचनमामा नेपाली कांग्रेसका दृगनारायण पाण्डेय निर्वाचित हुनु भएको छ । पाण्डेयले ५ सय ४६ मतभार अन्तरले एमालेका उम्मेदवार चन्द्र बहादुर खड्कालाई पछि पारेको हो ।

पाण्डेयलाई माओवादी केन्द्र, जसपा उपेन्द्र यादव समूह, राष्ट्रिय जनमोर्चा र एमाले माधव नेपाल समुहको समर्थन रहेको थियो । खड्कालाई एमाले संगै महन्त ठाकुर समूह लगायतकाको समर्थन रहेको थियो । पाण्डेले स्थानीय तहतर्फ २ हजार १ सय २४ मत भार र प्रदेशतर्फ मतभार २ हजार १६ प्राप्त गर्नु भएको थियो । प्रतिस्पर्धि खड्काले स्थानीय तह र प्रदेश तर्फ १ हजार ९ सय २० मतभार प्राप्त गर्नु भएको थियो । निर्वाचनका तीनवटा मतदान केन्द्र बाट मतदान भएको थियो । तीन सय मतदाता रहेकोमा २ सय ९७ मत खसेको थियो ।

निर्वाचनमा राप्रपाले बहिस्कार गरेको छ । २ मत बदर भएका छन् । नेपालगन्ज उपमहानगरका नगर प्रमुख, नरैना गाउँपालिका र दरबार गाउँपलिकाका अध्यक्ष मत हाल्न आउनु भएन । पाण्डेय यसअघि लुम्बिनी प्रदेश सभा सदस्य हुनुहुन्थ्यो । एमाले बाट निर्वाचित पाण्डेयले राजीनामा दिएर कांग्रेसमा प्रवेश गर्नुभएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?