पाल्पाका थप २० जना संक्रमितले कोरोना जित्न सफल

पाल्पा, पछिल्लो २४ घण्टामा पाल्पाका २० जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालयले बुधबार दिउँसो सार्वजनिक गरेको नियमित कोरोना अपटेड अनुसार होमअईसोलेशन तथा अस्पतालमा उपचारत ११ महिला र ९ जना पुरुषले कोरोना जितेका हुन् ।

स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिकाका ७, माथागढी गाउँपालिका ४, रामपुर नगरपालिका, तिनाउ गाउँपालिकाका २/२, पूर्वखोला गाउँपालिका, रैनादेवी छहरा गाउँपालिकाका १÷१,रम्भा गाउँपालिकाका ३ जना संक्रमित निको भएको जनाइएको छ । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ५ हजार ३ सय ८५ पुगेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिनुभयो ।

त्यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ४२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पिसीआर परीक्षणमा ६८ जनाको परीक्षण गरिएकोमा ६ जना महिला र ११ जना पुरुष गरी १७ जनामा संक्रमण देखिएको हो । तानसेनका ११, रामपुर, रैनादेवी छहरा, रम्भाका १÷१ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा पिसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ५ हजार ८२ पुगेको छ । जसमा १ हजार ८ सय ५० महिला र ३ हजार २ सय ३२ जना पुरुष रहेका छन् ।

यता एन्टिजेन परीक्षणमा २५ जनामा संक्रमण पुष्टि भएको छ । जसमा १६ जना महिला र ९ जना पुरुष रहेका छन् । निस्दीका २३ र रामपुरका २ जनामा संक्रमण देखिएको हो । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या १ हजार २ सय ६६ पुगेको छ । पाल्पामा अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९४ पुगेको छ । यहाँ अहिले कुल सक्रिय संक्रमितको संख्या ८ सय ७० पुगेको छ । अहिले सम्म जिल्लामा ८ सय २५ जना होम आइसोलेसनमा रहेका छन् भने ४५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?