कविता सुनारीको उपचारको लागि युएई बाट नेपालीले पठायो सहयोग

पाल्पा, ढाडको ट्युमरको उपचार गराउँदै आउनु भएका रामपुर नगरपालिका ७ का कविता सुनारीलाई युएईमा रहेका नेपालीहरुले सहयोग गरेका छन् । ३९ वर्षिय सुनारीको ढाडमा ट्युमर देखिए पनि उपचार गराउँदै आउनु भएको सुनारीको उपचारको लागि सहयोग गरेको हो ।

लुलु हाईपर मार्केट आवुदावी बनियास महलमा कार्यरत नेपालीहरुले संकलन गरेको १५ हजार ५ सय २० रुपैयाँ रकम प्रदान गरेको हो । उपचारको लागि आर्थिक समस्या भएको खबर पाए संगै लुलु हाईपर मार्केट आवुदावी बनियास महलमा कार्यरत नेपालीहरु बाट रामपुर ७ का दिल बहादुर विश्वकर्मा र श्याम विक लगाएतको सक्रियतामा प्राप्त सहयोग हस्तान्तरण गरिएको हो । विरामी कविता सुनारीलाई रामपुर नगरपालिका वडा नं. ७ का वडा सदस्य मिठ्ठु मायाँ सुनार र आधारभूत माध्यमिक विद्यालयका शिक्षक विष्णु बहादुर सुनारीले घरमै पुगेर हस्तान्तरण गर्नु भएको हो ।

वडा सदस्य सुनारले प्रवासमा रहेर नेपालीहरुले स्वदेशमा अप्ठ्यारो परेको बेला गर्दै आएको सहयोगको प्रसंशा गर्नु भयो । विरामी कविता सुनारीले सहयोगको लागि धन्यवाद ज्ञापन गर्नुभयो । उहाँलाई विगत १०÷१२ वर्ष देखि ढाड दुख्ने समस्या देखिएको थियो । केही महिना अघि चितवन मेडिकल कलेजमा परिक्षण गराउँदा मेरुदण्ड संगै फोक्सोमा समेत ट्युमरको असर देखिएको थियो । गत बैशाखमा वीर अस्पतालमा अप्रेसन मार्फत मेरुदण्डको ट्युमर हटाईएको छ ।
तर फोक्सोमा समेत असर देखिएकाले त्यसको रिपोर्ट आउन बाँकी रहेको विरामी कविताले बताउनुभयो । सरकारले प्रदान गरेको सौलियतमा उपचार गरिएकाले यस पटकको उपचार खर्चमा केही सहज भए पनि फोक्सोको ट्युमर झिक्नु परेमा आर्थिक समस्या हुने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?