नेपाल रेडक्रस सोसाइटी रामपुर उपशाखा द्वारा स्वास्थ्य सामाग्री प्रदान

पाल्पा, नेपाल रेडक्रस सोसाइटी रामपुर उपशाखाले रामपुर अस्पताल सहित रामपुर नगर भित्रका स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । कोभिड महामारीका विच उपचारमा खट्दै आएका स्वास्थ्यकर्मीहरुको सुरक्षाको लागि पिपिई सेट तथा मास्क दिईएको हो ।

उपशाखाले विहिबार रामपुर अस्पताललाई १० वटा पिपिई सेट सहित ५ सय सर्जिकल मास्क प्रदान गरेको थियो । रामपुर अस्पताल विकास समितिका अध्यक्ष बासुदेव भट्टराई र अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर विजय परियारलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पाल्पाका सदस्य कमलराज भट्टराई, रामपुर उपशाखाका सभापति मनोरथ भट्टराई, सचिव दुर्गा प्रसाद भट्टराई र मुक्ति प्रसाद भट्टराईले संयुक्त रुपमा हस्तान्तरण गरेको थियो ।

नेपाल रेडक्रस सोसाइटी रामपुर उपशाखाका सभापति भट्टराईले स्वास्थ्यकर्मीहरुको सुरक्षाको लागि तत्काललाई स्वास्थ्य सामग्री प्रदान गरेको बताउँदै आवश्यक सामानको लागि पहिल गरिएको बताउनुभयो ।सामाग्री प्रदानको लागि धन्यवाद ज्ञापन गर्दै रामपुर अस्पताल विकास समितिका अध्यक्ष बासुदेव भट्टराईले विभिन्न व्यक्ति तथा संघ संस्थाको सहयोगले अस्पतालको सेवा प्रवाहमा थप सहज भएको बताउनुभयो । त्यस्तै नेपाल रेडक्रस सोसाइटी रामपुर उपशाखाले रामपुर नगरपालिका भित्रको स्वास्थ्य संस्था, कालीगण्डकी आँखा तथा कान उपचार केन्द्र र सञ्चार माध्यमहरुलाई १ हजार ५ सय मास्क प्रदान गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?