स्कार्पियो र मोटरसाईकल ठोक्कीदा मोटरसाईकलमा सवार ४ जना घाईते !

पाल्पा, रामपुर नगरपालिका ८ एक्लेटारमा शुक्रबार विहान स्कार्पियो र मोटरसाईकल ठोक्कीएको छ । कालीगण्डकी करिडोर अन्तर्गतको सडकमा ग १९ प ४०८८ नम्बरको मोटरसाईकल र लु १ च ५७२५ नम्बरको स्कार्पियो ठोक्कीदा मोटरसाईकलमा सवार ४ जना घाईते भएका छन् ।

रामपुर १० को रामटार बाट बेझाँड आउँदै गरेको मोटसराईकल विहान ८ बजेर ३५ मिनेटमा घुम्तीमा अनियन्त्रित भै बेझाँड बाट बुटवल तर्फ जाँदै गरेको स्कार्पियोमा ठोक्कीएको थियो । घाईते हुनेहरुमा मोटरसाईकल चालक रामपुर नगरपालिका १० बस्ने २३ वर्षिय गोपाल श्रेष्ठ, मोटरसाईकलमा सवार सोही ठाउँका ३० वर्षिय भिम कुमारी श्रेष्ठ र उनका छोराहरु १३ वर्षिय विपिन श्रेष्ठ र ५ महिनाको बालक विक्रम श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घाईतेहरुलाई रामपुर अस्पतालमा उपचार पश्चात लुम्बिनी मेडिकल कलेज प्रभास रेफर गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक रामेश्व त्वातीले जानकारी दिनुभयो । चालक बाहेक अन्यको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?