शनिबार पाल्पाका थप ५७ जनाले जित्यो कोरोना

पाल्पा, पछिल्लो २४ घण्टामा पाल्पाका थप ५७ जनाले कोरोना संक्रमण जितेको छ । स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको विवरण अनुसार विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ३४ जना महिला र २३ जना पुरुषले कोरोना जितेको हो ।

जस अनुसार तानसेन नगरपालिकाका २३, माथागढी गाउँपालिकाका १८, रामपुर नगरपालिकाका ५, बगनासकाली गाउँपालिकाका ३, रम्भा गाउँपालिका र रिब्दीकोट गाउँपालिकाका ३÷३ र तिनाउ गाउँपालिकाका १ जना संक्रमित निको भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिनुभयो । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ५ हजार ५ सय ८९ पुगेको छ । यता पछिल्लो २४ घण्टामा जिल्लामा २० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । ६० जनाको पीसीआर परीक्षण गरिएकोमा १९ जनामा संक्रमण देखिएको हो । जसमा ५ जना महिला र १४ जना पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । तिनाउका ८, तानसेनका ४, रामपुर र निस्दीका २/२, माथागढी, रैनादेवी छहरा र रिब्दीकोटका १/१ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ५ हजार १ सय ४५ पुगेको छ । जसमा १ हजार ८ सय ७४ महिला र ३ हजार २ सय ७१ जना पुरुष रहेका छन् ।

एन्टिजेन परीक्षणमा १ जनामा संक्रमण पुष्टि भएको छ । दुईजनाको एन्टिजेन परिक्षण गरिएकोमा रैनादेवी छहराका १ पुरुषमा संक्रमण देखिएको हो । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या १ हजार ३ सय ४१ पुगेको छ । पाल्पामा अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९७ पुगेको छ । यहाँ अहिले कुल सक्रिय संक्रमितको संख्या ८ सय पुगेको छ । अहिले सम्म जिल्लामा ७ सय ४५ जना होम आइसोलेसनमा रहेका छन् । २५ जनाको विभिन्न आईसोलेशन र ३० जनाको अस्पतालमा उपचार भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?