अन्तरिक्षमा स्याटेलाइट पठाउने टोलीमा नेपाली चेली सरु श्रेष्ठ

                         सरु श्रेष्ठ                                तस्वीर साभार : बुवा हेम कुमार श्रेष्ठकाे फेसबुक मार्फत

काठमाडौं, नेदरल्याण्ड बस्दै आउनु भएको नेपाली चेली सरु श्रेष्ठ अन्तरिक्षमा यान तथा स्याटेलाइट पठाउने टोलीमा चयन हुनु भएको छ । कास्कीको पोखरामा जन्मिएर विगत ६ वर्ष देखि बाबु आमासंगै नेदरल्याण्डको द हेग मा बसोबास गर्दै आउनु भएको श्रेष्ठ टोलीमा चयन हुनु भएको हो ।

उहाँले स्टेप बाइ स्टेप बोडिङ्ग पोखरा बाट एस् एल सी उत्तिर्ण गर्नु भएको थियो । ए लेवल पनि नोवेल एकेडमी पोखरा मै अध्ययन गरी ६ वर्ष अघि आमा बाबा संग नेदरल्याण्ड पुग्नु भएको थियो । विश्व कै अति उत्कृष्ट मानिने, अन्तरिक्षमा कैयौं पटक सफल यात्रा गरिसकेका आन्द्रे क्याउपर्स ( Andre Kuipers)ले  अध्ययन गरेको नेदरल्याण्डको टियु देल्फ्त विश्व विद्यालयमा एरोस्पेश इन्जिनियरिङ्ग अन्तर्गत अन्तरिक्ष अन्वेषण (Space Exloration) बिषयमा स्नाकोत्तर अन्तिम बर्षमा अध्ययनरत सरु श्रेष्ठलाई चयन गरेको हो ।

श्रेष्ठ त्यस विश्व विद्यालय कै एक उत्कृष्ट विद्यार्थीको रुपमा चिनिनु भएको छ । हालै उहाँ विद्यार्थी काउन्सिलमा समेत भारी मतले विजयी हुनु भएको छ । अन्तरिक्ष्य यात्रा गरेरै छाड्ने सपना बोक्नु भएको सरु अन्तरिक्षमा यान तथा स्याटेलाईट पठाउने यस टिममा सहभागी भएमा उहाँ नै अन्तरिक्षमा जाने पहिलो नेपाली मुल कि नागरिक बन्नु हुनेछ । उहाँको परिवार पुख्यौली घर साविक तनहुँ गजरकोट डुम्रीवेशी बाट कास्की बसाई सरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?