आईतबार पाल्पाका ५९ कोरोना संक्रमित निको, थप १५ जनामा पुष्टि

पाल्पा, पछिल्लो २४ घण्टामा पाल्पाका थप ५९ जनाले कोरोना संक्रमण जितेको छ । स्वास्थ्य कार्यालय पाल्पाले आईतबार सार्वजनिक गरेको विवरण अनुसार विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका २० जना महिला र ३९ जना पुरुषले कोरोना जितेको हो ।

जस अनुसार रैनादेवी छहरा गाउँपालिकाका २४, तानसेन नगरपालिकाका २२, रामपुर नगरपालिकाका ७, बगनासकाली गाउँपालिकाका ४, माथागढी गाउँपालिका र पूर्वखोला गाउँपालिकाका १/१ जना संक्रमित निको भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिनुभयो । यो सँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ५ हजार ६ सय ४८ पुगेको छ ।

यता पछिल्लो २४ घण्टामा जिल्लामा १५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । २७ जनाको पीसीआर परीक्षण गरिएकोमा ४ जनामा संक्रमण देखिएको हो । जसमा ४ जना पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । तानसेनका २, माथागढी र पूर्वखोलाका १/१ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ५ हजार १ सय ४९ पुगेको छ । एन्टिजेन परीक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको छ । ८५ जनाको एन्टिजेन परिक्षण गरिएकोमा रामपुरका ६ र निस्दीका ५ जनामा संक्रमण देखिएको हो । यो सँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या १ हजार ३ सय ५२ पुगेको छ ।

पाल्पामा अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९७ पुगेको छ । यहाँ अहिले कुल सक्रिय संक्रमितको संख्या ७ सय ५६ पुगेको छ । अहिले सम्म जिल्लामा ७ सय ३ जना होम आइसोलेसनमा रहेका छन् । २९ जनाको विभिन्न आईसोलेशन र २४ जनाको अस्पतालमा उपचार भइरहेको छ । अस्पतालमा रहेका मध्ये २१ ज्ना एचडीयु र ३ जना आईसियुमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?