स्याङ्जामा असार ७ गते सम्मको लागि निषेधाज्ञा लम्बियो

स्याङ्जा, स्याङ्जामा आगामी असार ७ गते सम्मको लागि निषेधाज्ञा थप गरिएको छ । कोरोना संक्रमितको संख्या बढ्ने क्रम नरोकिए पछि गत बैशाख २१ देखि जारी निषेधाज्ञालाई पुन : थप गरेको हो ।

आईतबार बसेको जिल्ला सुरक्षा समिति स्याङ्जाको बैठकले चौथो पटक समय थप गरी सोमबार राती १२ बजे सम्म जारी रहेको निषेधाज्ञा असार ७ सम्म पु¥याएको हो । सुरुवातमा बैशाख २१ गते बिहान ६ बजेदेखि बैशाख ३१ गते मध्यराती १२ बजे सम्म जारी गरिएको निषेधाज्ञा पहिलो पटक जेठ १ देखि १५, दोस्रो पटक जेठ २५ सम्म र तेस्रो पटक जेठ ३१ सम्म थप गरिएको थियो ।

सोही अनुसार प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले आईतबार आदेश जारी गर्दै निषेधाज्ञा थप गरिएको जानकारी दिनुभएको हो । निषेधाज्ञाको समयमा औषधि उपचार, खाद्य वस्तु तथा अत्यावश्यक वस्तु खरीद गर्न बाहेक अनावश्यक हिँडडुल गर्न नपाइने छैन । अत्यावश्यक खाद्यान्न लगायतका पसलहरु पसलहरु बिहान ५ देखि ११ बजेसम्म दिनको एकपटक मात्र खोल्न पाईन्छन् ।

औषधी तथा औषधालयहरु, एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्य वस्तु, तरकारी, दूध, खानेपानी, पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर, स्वास्थ्य सामग्री र अक्सिजन ढुवानी गर्ने साधन, शववाहन, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपक्षीका दाना बोक्ने गाडी, कृषि मल तथा बीउबिजन बोक्ने गाडी, औद्योगिक कच्चा पदार्थ र तयारी उत्पादन बोक्ने गाडी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, दूरसञ्चार, विद्युत्, इन्टरनेट सेवा प्रवाह गर्ने सवारी साधन तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन र प्रशासनबाट अनुमति प्राप्त सवारी साधनलाई भने रोक लगाइएको छैन् ।

मठ, मन्दिर तथा बिभिन्न धार्मिक कार्य वा विहेवारीमा १५ जना भन्दा बढी सहभागी हुन पाइने छैन। सहभागीले स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य प्रयोग गर्नुपर्नेछ । आदेश उल्लंघन गर्नेलाई संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारवाही गर्ने समेत जनाइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?