सोमबार पाल्पाका १ सय ९ जना कोरोना संक्रमण मुक्त

पाल्पा, पछिल्लो २४ घण्टामा सोमबार पाल्पाका १ सय ९ जनाले कोरोना संक्रमण जितेको छ । स्वास्थ्य कार्यालय पाल्पाले दिउँसो सार्वजनिक गरेको विवरण अनुसार विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ४९ जना महिला र ६० जना पुरुषले कोरोना जितेको हो ।

जस अनुसार तानसेन नगरपालिकाका ५१, रैनादेवी छहरा गाउँपालिकाका १६, तिनाउँ गाउँपालिकाका १०, निस्दी गाउँपालिकाका ८, रामपुर नगरपालिकाका ७, बगनासकाली गाउँपालिका र रिब्दीकोट गाउँपालिकाका ५/५, रम्भा गाउँपालिका र पूर्वखोला गाउँपालिकाका ३/३ र माथागढी गाउँपालिकाका १ जना संक्रमित निको भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिनुभयो । यो सँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ५ हजार ७ सय ५७ पुगेको छ ।

यता पछिल्लो २४ घण्टामा जिल्लामा ५४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । ९३ जनाको पीसीआर परीक्षण गरिएकोमा २६ जनामा संक्रमण देखिएको हो । जसमा १० महिला र १६ पुरुष रहेका छन् । तिनाउँका ११, तानसेनका ७, रैनादेवी छहराका ३, बगनासकालीका २, रामपुर, पूर्वखोला र रिब्दीकोटका १÷१ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ५ हजार १ सय ७५ पुगेको छ । एन्टिजेन परीक्षणमा २८ जनामा संक्रमण पुष्टि भएको छ । ९६ जनाको एन्टिजेन परिक्षण गरिएकोमा रम्भाका २२, रामपुरका ४ र रिब्दीकोटका २ जनामा संक्रमण देखिएको हो । यो सँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या १ हजार ३ सय ८० पुगेको छ । पाल्पामा अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९८ पुगेको छ । यहाँ अहिले कुल सक्रिय संक्रमितको संख्या ७ सय रहेको छ । अहिले सम्म जिल्लामा ६ सय ४७ जना होम आइसोलेसनमा रहेका छन् । ३७ जनाको विभिन्न आईसोलेशन र १६ जनाको अस्पतालमा उपचार भइरहेको छ । अस्पतालमा रहेका मध्ये १५ जना एचडीयु र १ जना आईसियुमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?