अक्सिजन प्लान्ट तथा एचडीयु जडान गर्न रामपुर अस्पताललाई १ करोड ५५ लाख

पाल्पा, नेपाल सरकार अर्थ मन्त्रालयले रामपुर अस्पतालमा अक्सिजन प्लान्ट खरिद तथा एचडीयु जडानको लागि १ करोड ५५ लाखको सहमति प्रदान गरेको छ । अस्पतालमा अक्सिजन प्लान्ट खरिद तथा जडानको लागी ७५ लाख र ५ शैयाको एचडीयु जडानको लागि ८० लाख विनियोजन गरेको हो ।

देश भरका ६ वटा अस्पतालहरुको व्यवस्थापनको लागि रकम विनियोजन गर्ने क्रममा रामपुर अस्पतालको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति प्रदान गरेको पूर्व मन्त्री एवं पाल्पा क्षेत्र नं. १ का सांसद दल बहादुर रानाले सामाजिक सञ्जाल मार्फत जानकारी दिनु भएको छ । मन्त्रालयले अक्सिजन प्लान्ट खरिद तथा जडान, एचडीयु, आईसियु र भेन्टिलेटर जडानका लागि ७ करोड ७० लाखको सहमति प्रदान गरेको थियो ।

सांसद रानाले बजेट मागको लागि पहल गर्ने अवसर आफुलाई प्राप्त भएको बताउँदै बजेट विनियोजन गर्न सहयोग गर्ने व्यक्तित्वहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?