रामपुर नगरपालिका ७ नं. वडालाई मंगलबार राति देखि पूर्ण रुपमा शिल गरिदै

पाल्पा, रामपुर नगरपालिका ७ नं. वडालाई मंगलबार राति १२ बजे देखि पूर्ण रुपमा शिल गरिने भएको छ । जिल्लामा जारी निषेधाज्ञा केही खुकलो बन्दै गए पनि समुदाय स्तरमा कोरोना संक्रमित तथा विरामीहरुको संख्या बढेको पाईए पछि शिल गर्न लागेको हो ।

वडा समिति, वडा स्तरीय कोभिड–१९ नियन्त्रण तथा रोकथाम तथा कार्य समुह, क्रियाशिल राजनैतिक दलका प्रतिनिधि, टोल विकास समितिका संयोजक, उद्योगी, व्यापारी, युवा क्लव, आमा समुहका प्रतिनिधी लगाएतको उपस्थितिमा सोमबार बसेको सर्वपक्षिय बैठकको सुझाव अनुसार असार १ गते राति १२ बजे देखि, ७ गते राती १२ बजे सम्म पूर्ण रुपमा शिल गर्ने निर्णय गरेको हो । रामपुर ७ का वडा अध्यक्ष तिर्थ प्रसाद पंगेनीले आवतजावत नरोकिदा निषेधाज्ञा कै विच संक्रमण फैलिएकाले एक हप्ताको लागि थप कडाई गर्न लागेको बताउनुभयो ।

७ गते सम्मका लागि आवश्यक खाद्यान्न सञ्चित गर्नका लागि मंगलबार जिल्ला प्रशासन कार्यालयको निर्णय अनुसार पसल खुल्ला गर्न दिईने छ । मंगलबार राती पश्चात भने स्वास्थ्य संस्था तथा मेडिकल लगाएतका औषधी व्यवसाय बाहेकका अन्य पसल बन्द गर्नुका साथै हिडडुल गर्न पनि पूर्ण रुपमा निषेध गर्ने निर्णय भएको वडा नं. ७ का कार्यालय सहायक गिता पौडेलले जानकारी दिनुभयो ।

खानेपानी ढुवानीका साधन, दुग्ध उत्पादन र दुग्ध उद्योग बाट उत्पादन भएका वस्तुको ओसारपसार गर्न आवश्यक स्वास्थ्य सुरक्षा मापडण्ड पूर्ण रुपमा पलना गरि सञ्चालन गर्न दिइने वडाले जनाएको छ । संघिय तथा प्रदेश स्तरीय योजनाहरु बाहेक अन्य योजनाहरु, निर्माण स्थलका कार्यहरु पूर्ण रुपमा रोक लगाउने निर्णय भएको छ । वडा नं. ७ मा १४ जना सक्रिय संक्रमित रहेकोमा आईतबार लक्ष्यण देखिएका तथा कन्ट्रयाक ट्रेसिङ्गमा परेका ३३ जनाको एन्टिजेन परिक्षण गर्दा थप १२ जनामा संक्रमण पुष्टि भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?