झरीका विच कालीनदीको बहाव अवलोकन गर्न जानेहरुको भिड बढ्दै (तस्वीर सहित)

पाल्पा, वर्षादका विच कालीगण्डकी नदीको अवलोकनको लागि मानिसहरु नदी किनार पुग्न थालेका छन् । ३ दिन देखिको अविरल वर्षादको कारण बहाव २८ वर्ष यता कै ठूलो भएको हल्ला चले संगै अवलोकनको लागि पुग्ने थालेको हो ।

लकडाउनका विच कालीनदीको पुल वरपर पुग्न थालेका हुन् । लामो समय सम्म घर भित्र बसेका नागरिकहरु पनि वर्षादका छाता ओढेर हिडेरै जानेको लर्को नै लागेको छ । पाल्पा, स्याङ्जा जोड्ने गौरीघाट तथा केलादीको मोटरेवल पुल क्षेत्रमा भिडभाड बढी देखिएको छ । रामपुर ६ र चापाकोट ७ जोड्ने गौरीघाट पुल र रामपुर ३ र चापाकोट ६ जोड्ने केलादी घाट पुल क्षेत्र संगै अन्य झोलुङ्गे पुलहरुमा पनि उपस्थिति बाक्लो देखिएको छ ।

वर्षादको कुनै प्रवाह नगरी पुल वरपर तस्वीर तथा टिकटकको लागि भिडियो लिनेहरुको जमात नै देखिन्छ । जोखिमको कुनै प्रवाह नगरी उर्लिएर आएको कालीको बहाव माथिको पुलमा तस्वीर लिनेमा युवाहरुको संख्या बढी देखिन्छ । त्यस्तै वृद्ध,महिला तथा बालबालिकाहरु पनि कालीनदीको अवलोकनका लागि पुगिरकेका छन् । बहाव अवलोकनका लागि पुग्नु भएको रामपुर ६ का स्थानीय दिल बहादुर रानाले आफुले यति ठूलो काली पहिलो पटक देखेको अनुभव सुनाउनुभयो ।

त्यस्तै स्थानीय लेखनाथ ज्ञावलीले पनि आफुले ३२ वर्ष यता निरन्तर काली नदीमा स्नान गर्दै आए पनि अहिलेको बहाव ठूलो भएको बताउनुभयो । संसार कै एक मात्र शालिग्राम पाईने पवित्र कालीको बहावका विषयमा चासो बढ्नु स्वभाविक नै हो । तर भिडभाडले कोरोना महामारीको संक्रमण फैलिने जोखिम हुनुका साथै अन्य दुर्घटनाको जोखिम बढेको देखिन्छ ।

गौरीघाट पुल र केलादी घाट पुल क्षेत्रमा देखिएका केही तस्वीरहरु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?