वर्षाद संगै छहलिएको तालपोखरा (फोटो फिचर)

पाल्पा, गएको हिउँद भर पुन : निर्माणको लागि पानी खाली गरिएको तालपोखरामा वर्षाद संगै पानी भरिएको छ । रामपुर ६ स्थित नगर कै प्रमुख पर्यटकिय आकर्षणको रुपमा रहेको कृतिम तालमा वर्षाद संगै पानी भरिएको हो ।

लगातारको वर्षादको कारण पानी ताल बाट छहलिएर समेत गएको थियो । तालको पानी सुक्न नदिन तथा वरपरको जमिन संरक्षणको लागि पानी सुकाएर चारै तर्फ पर्खाल लागाए प्लाष्टर गरिएको थियो । तीन दिन यताको वर्षादको कारण मन्दिरको सतह सम्म पानी पुगेको थियो । त्यस्तै पानी सहत भन्दा माथि सम्म पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?