रामपुरमा निर्माणाधिन कभर्ड हलको खर्च सार्वजनिक

पाल्पा, रामपुर नगरपालिका ७ मा निर्माणाधिन कभर्डहलको खर्च सार्वजनिक गरिएको छ । सार्वजनिक सुनुवाई मार्फत कभर्डहल निर्माण समितिले आर्थिक वर्ष २०७७/०७८ को खर्च सार्वजनिक गरेको हो ।

क्रमागत योजना अन्तर्गत झण्डै १ करोड ५० लाखको लागतमा निर्माण सम्पन्न हुने योजनाको २०७४ मा डिपिअार तयार गरि निर्माण थालनी गरिएको थियो । १८ मिटर चौडाई र ३० मिटर लम्बाई सहितको निर्माणाधिन कभर्डहल जिल्लामै ठूलो हल हुनेछ । आर्थिक वर्ष २०७७/०७८ मा १६ लाख ६ हजार ५ सय ८२ बराबरको खर्च सार्वजनिक गरिएको छ । जसमा केन्द्र सरकारले जिल्ला खेलकूद विकास समिति मार्फत दिएको १४ लाख ३४ हजार ५ सय र जन श्रमदान बाट २ लाख १५ हजार १ सय ७५ रुपयाँको काम भएको छ ।
२०७४ सालमा डिपिआर निर्माणको लागि स्थानीय सरकारको समन्वयमा डिपिआर निर्माण गर्न ९ लाख ६७ हजार प्राप्त भएको थियो । त्यस यता २०७५/०७६ मा रामपुर नगरपालिका बाट १२ लाख, २०७६/०७७ मा रामपुर नगरपालिका बाट १० लाख र २०७७/०७८ मा लुम्विनि प्रदेश वाट १० लाख र नगरपालिका बाट ६ लाख रकम प्राप्त भएको कभर्डहल निर्माण समितिका अध्यक्ष कमल सेनले जानकारी दिनुभयो ।

कभर्डहल नहुँदा युवा प्रतिभाहरु अोझेलमा परेकाले अब थप जागरुक बनाउनका लागि कभर्ड हल निर्माण हुन लागेको हो । खेलकुद क्षेत्रमा रामपुर सहित गण्डकी बेशी बाट युवाहरु केन्द्र सम्म पुगेपनि अभ्यासको लागि उचित वातावरण नहुँदा सोचे जस्तो नभएकाले कभर्ड हल निर्माण कार्यलाई चासोका साथ लिइएको समितिका सचिव टिकाराम रेग्मीले बतनउनुभयो ।

निर्माण सम्पन्न पश्चात वर्षादको समयमा पनि युवाहरुले क्रिकेट र फुटबल बाहेक अन्य खेल खेल्न तथा अभ्यास गर्न सक्नेछन् । समितिले प्रत्येक वर्ष काम सकिए पछि सार्वजनिक सुनुवाई गर्दै अाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?