पाल्पामा आइतबार २३ जना नयाँ काेराेना संक्रमित थपिए

 

पाल्पा -पाल्पामा पछिल्लो २४ घण्टामा जिल्लामा २३ जना नयाँ कोरोना संक्रमण पुष्टि भएको छ ।

पीसीआर परीक्षणमा ५ र एन्टिजेन परीक्षणमा १८ जना संक्रमित थपिएका हुन् । २४ जनाको पिसिआर परीक्षण गरिएकोमा रामपुर नगरपालिका र तानसेन तानसेन नगरपालिकाका २-२ जना र रैनादेवी छहरा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै पाल्पामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ५१ पुगेको छ ।

स्वास्थ्य कार्यालय पाल्पाका अनुसार पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा १८ जनामा संक्रमण देखिएको छ । ३४ जनाको एन्टिजेन परीक्षण गरिएकोमा रामपुरका ८ जना महिला र १० जना पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या १ हजार ९ सय ५९ पुगेको छ ।

यस्तै १७ जना संक्रमितले कोरोना जितेका छन् । तानसेन नगरपालिकाका १० जना र रामपुर का ७ जना मध्ये ११ जना पुरुष र ६ जना महिला गरि १७ जनाले कोरोना जितेका हुन् । अहिलेसम्म १ सय ११ जना संक्रमितको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?