पाल्पामा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यू

पाल्पा- पाल्पाको तिनाउ गाँउपालिका वडा नं. ५ चरचरेमा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ ।

सिद्धार्थ राजमार्ग अन्तरगत पाल्प बुटवल सडक खण्डको चरचरेमा लु २ ख ८२० नम्बरको टिप्पर बुधबार विहान करिब ६ बजेको समयमा दुर्घटना हुँदा चालकको ज्यान गएको हो । दुर्घटनामा पूर्वखोला गाँउपालिका वडा नं. ५ विरकोटका २६ बर्षिय टिप्पर चालक सुदिप गैरेको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दुर्घटनामा घाईते चालक गैरे लाई उपचारका लागी लुम्बिनि मेडिकल कलेज प्रभास ल्याए पछि मेडिकल कलेजले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । चुनढुङ्गा बोकेर पाल्पाबाट बुटवल तर्फ जाँदै गरेको उक्त टिप्पर सडकबाट झण्डै ३ सय मिटर तल खोलामा खसेको थियो । घटनाको विषयमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक रामेश्वर त्वातिले बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?