ब्लड क्यान्सर पिडित रानाको उपचारका लागी सहयोग जुट्दै , छोराको जिवन बचाई खुशी फकाई दिन आमाको आग्रह

पाल्पा –     रामपुर नगरपालिका वडा नं. ५ राङभाङ पाल्पाका ब्लड क्यनसर पिडित अकिंत रानालाई उपचारका लागी विभिन्न स्थानबाट सहयोग जुुटेको छ ।

क्यान्सर पिडित रानाको उपचारका लागि आईतबार रामपुर नगरपालिकाले सहयोग रकम हस्तान्तरण गरेको छ । ब्लड क्यानसर पिडित ६ बर्षिय रानालाई रामपुर नगरपालिका लगाएत विभिन्न संघ संस्थाले गरि आईतबार १ लाख ४० हजार ३ सय ५ रुपैयाँ हस्तान्तरण गरेको हो ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले ब्लड क्यान्सर पिडित अंकित रानाका हजुरआमा लिला देवि राना लाई बैंकमा जम्मा गरेको रकमको भौचर हस्तान्तरण गर्नु भएको हो । रानाको उपचारका लागी रामपुर नगरपालिकाले १ लाख रुपैयाँ बराबरको निशुल्क उपचारका लागी यस अघि नै सिफारिस गरेको छ भने आईतबार विपद् कोष मार्फत नगद १५ हजार रुपैयाँ हस्तान्तरण गरेको छ । रकम हस्तान्तरण गर्दै नगर प्रमुख थापाले कुनै पनि रोग थाहै नपाई लाग्ने र केही रोगको उपचार गर्न सामान्य परिवारका लागी समस्या हुने भएकाले सवैले सहयोग गरेर भए पनि कसैको जिवन रक्षा गर्नु सवैको दायित्व र मानविय धर्म रहेको बताउनुभयो । साथै उहाँले नगरपालिका भित्रका हरेक नागरिकको स्वास्थ्य र जिवन रक्षाका लागी नगरपालिकाले सक्दो सहयोग गर्ने बताउदै क्यानसर पिडित रानाको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो । उहाँले ब्लड क्यान्सर पिडित रानाको जिवन बचाउनका लागी सक्दो सहयोग गर्न सवैलाई आग्रह समेत गर्नु भएको छ ।

रामपुर नगरपालिकाको कार्यालयमा भएको कार्यक्रममा भुपू सैनिक राईजिङ ईङ्गिलिस स्कुल रामपुर पाल्पाले नगद ५६ हजार रुपैयाँ रकम उपचारका लागी सहयोग गरेको छ । विद्यालयका शिक्षक स्टाफ र व्यवस्थापन समितिका अध्यक्ष क्यापटेन देव बहादुर थापा मश्राङ्गीले संयुक्त रुपमा एकमुष्ट रकम हस्तान्तरण गरेको हो । ब्लड क्यान्सर पिडित अंकित राना सोही विद्यालयमा युकेजीमा अध्ययनरत विद्यार्थी समेत हुन् भने उनकी आमा लिला राना सोही विद्यालयका शिक्षक स्टाफ समेत रहेका छन् ।

यस्तै पिडित रानाको उपचारका लागी मातृभुमि मगर समुह रामपुर ५ राङभाङ पाल्पाले ४७ हजार ३ सय ५ रुपैयाँ , रामपुर ५ रानाटोलबाट सुर्य बहादुर रानाको संयोजकत्वमा संकलित ३४ हजार ४५ रुपैयाँ , आयुष ब्लड क्यानसर पिडित अक्षयकोषबाट १५ हजार , रामपुर नगरपालिका वडा नं. ५ का वडा सदस्य मायादेवि नेपालीले नगद ६ हजार रुपैयाा , आयुष ब्लड क्यान्सर पिडित अक्षयकोषका संयोजक बुद्धि प्रकाश रेग्मीले नगद २ हजार ५ सय रुपैयाँ , रामपुर नगरपालिका वडा नं. ५ का वडा सदस्य सावित्रा गौतमले १ हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको छ ।

उपचारका लागी सहयोग रकम हस्तान्तरण कार्यक्रममा एकिकृत मगर उत्थान समाज रामपुर पाल्पाका अध्यक्ष राम बहादुर हिस्की थापा मगर , आयुष ब्लड क्यान्सर पिडित अक्षयकोषका संयोजक बुद्धि प्रकाश रेग्मी , एकिकृत मगर उत्थान समाजका सहअध्यक्ष नरेन्द्र कुमार जर्घा , एकिकृत मगर उत्थान समाज अक्षयकोष संयोजक क्यापटेन देव बहादुर थापा मश्राङ्गी लगाएतले पिडित रानाको उपचारका लागी सवैलाई सक्दो सहयाग गर्न आग्रह गर्दै रानाको शिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको थियो । उपचारका लागी आर्थिक सहयोग गर्ने व्यक्ति तथा संघसंस्थालाई पिडित रानाका फुपू दिदि दुर्गा देवि रानाले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रमको संचालन अकिंत राना बचाउ अभियानका संयोजक राम बहादुर रानाले गर्नु भएको थियो ।

पिडित रानाको उपचारका लागी रकम संकलन गर्न पाल्पाको रामपुरमा रहेको एकिकृत मगर उत्थान समाज रामपुर पाल्पा र नेपाल मगर संघ रामपुर पाल्पाले संयुक्त रुपमा अंकित राना बचाउ अभियान नै सञ्चालन गरेको छ । रानाको उपाचार खर्च संकलनका लागी देश विदेशमा रहेका विभिन्न संघ संस्था एवं व्यक्तिहरुलाई गुहारेको र सवैले सक्दो सहयाग गरे पिडित रानाको जिवन बचाउन सकिने अंकित राना बचाउ अभियानका संयोजक राम बहादुर रानाले बताउनुभयो ।

ब्लड क्यान्सर पिडित रानाको गत २०७७ साल चैत्र २९ गते देखि विपि कोइराला मेमोरियल क्यान्र हस्पिटल भरतपुर चितवनमा उपचाररत रहेका छन् । उनका बुवा प्रेम बहादुर रानाले बैदेशिक रोजगारका क्रममा कमाएको रकम उपचारको क्रममा सकिएको छ । साथै ऋण गरि लाँखौ खर्च गरेर उपचार गरे पनि त्यो पर्याप्त नभएको र उपचारका लागी अझै लाखौँ रकम लाग्ने र आफुहरुलाई आर्थिक समस्या परेको पिडित रानाका आमा लिला रानाले बताउनुभयो । साथै छोरा अंकित रानाको जिवन बचाई आफ्नो खुशी फर्काई दिन सवै संग आर्थिक सहयागको अपिल समेत गर्नु भएको छ । सहयोग गर्न चहाने महानुभावले गरिमा विकास बैंक रामपुर शाखामा लिला रानाको नाममा रहेको खाता नं. ००३०१३०००६५५५४०००००१ रकम जम्मा गरि सहयोग गर्न सक्नेछ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?