नेपाल विद्यार्थी संघले रामपुरमा गर्यो दिप प्रज्वलन

पाल्पा, सर्वाेच्च अदालतकाे निर्णयकाे स्वागत र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा प्रधानमन्त्री नियुक्त भएकाे खुशीयालीमा नेपाल विद्यार्थी संघले रामपुरमा मंगलबार साँझ दिप प्रज्वलन गरेकाे छ ।सर्वाेच्चले काँग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश जारी गरे संगै प्रधानमन्त्री नियुक्त भएकाेमा दिप प्रज्वलन गरेकाे हाे ।

नेपाल विद्यार्थी संघ शहिद बहुमुखी क्याम्पस ईकाइ समिति रामपुर पाल्पाकाे अायाेजनामा एक कार्यक्रम गरी रामपुर ५ बेझाँड बजारकाे चाेकमा दिप प्रज्वलन गरेकाे हाे । दिप प्रज्वलन गर्दै नेपाली कांग्रेस पाल्पाका उपसभापति देबराज ढकालले सर्वाेच्च अदालतकाे निर्णय स्वागत याेग्य र जनताकाे पक्षमा रहेकाे बताउनुभयाे । उहाँले अदालतकाे निर्णयले संविधान संगै लाेकतन्त्रकाे रक्षा गरेकाे र अाेलीकाे अधिनायकवादकाे अन्त्य भएकाे बताउनुभयाे ।

कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवि घिमिरे अाचार्यले बाेल्दै देशकाे संविधान भन्दा माथि काेहि पनि हुन नसक्ने भन्दै अदालतले कानुन अनुसार सहि फैसला गरेकाे बताउनुभयाे । कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि हजिलदिन मियाँ , महाधिवेशन प्रतिनिधि एवं नेपाल महिला संघका क्षेत्रिय सभापति विष्णुमाया ढकाल , नेपाली कांग्रेस क्षेत्र नं. १ प्रदेश क का सचिव अर्जुन प्रसाद रेग्मी, नेपाली काँग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराईले बाेल्दै सर्वाेच्च अदालतकाे निर्णयलाई स्वागत गर्दै नव नियुक्त प्रधानमन्त्री शेर बहादुर देउवालाई सफल कार्यकालकाे शुभकामना दिनु भएकाे थियाे ।

नेपाल विद्यार्थी संघ शहिद बहुमुखी क्याम्पस ईकाइ सभापति दिपक अर्यालकाे अध्यक्षतामा भएकाे कार्यक्रम नेपाली कांग्रेस क्षेत्र नं.१ पाल्पाका सदस्य हुमनाथ न्याैपानेकाे स्वागत र विद्यार्थी संघका सदस्य शालिकराम खनालकाे संचालनमा सम्पन्न भएकाे हाे । यस्तै गणेशमान प्रतिष्ठान भवनमा समेत दिप प्रज्वलन गरिएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?