जबरजस्ती करणीको आरोपमा तानसेनका एक पुरुष पक्राउ

पाल्पा-  एक अविवाहित महिला माथि जबरजस्ती करणी गरेको आरोपमा तानसेन पाल्पाका एक पुरुष पक्राउ परेका छन् ।

तानसेन नगरपालिकाकी ३४ बर्षिय एक युवतिलाई जबरजस्ति करणी गरी बच्चा जन्माएको आरोपमा ४४ बर्षिय विवाहित पुरुष अर्जुन विकलाई प्रहरीले पक्रउ गरेको हो । आफुलाई जबरजस्ती करणी गरी बच्चा जन्माएको भन्दै प्रहरीमा उजुरी दिए पछि विकलाई पक्राउ गरेको हो । ति महिलाले गत असार ३० गते छोरी जन्माएको र छोरी विरामी भई उपचारका लागी लुम्बिनि मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पिडित महिला अविवाहित हुन् भने आरोपित विक विवाहित पुरुष हुन् । घटनाको विषयमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक रामेश्वर त्वातीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?