पाल्पामा विहिबार २१ जना नयाँ कोरोना संक्रमित थपियो

पाल्पा, पाल्पामा विहिबार थप २१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । एन्टिजेन परिक्षणमा ११ पुरुष र १० महिलामा संक्रमण देखिएको हो । २१ जनाको एन्टिजेन गरिएकोमा रामपुर नगरपालिकाका १०, बगनासकाली गाउँपालिकाका ५, तानसेन नगरपालिकाका ५, निस्दी गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाका १÷१ जनामा पोजेटिभ देखिएको हो ।

विहिबार पीसीआर परिक्षण शुन्य रहेको देखिएको छ । यो सँगै एन्टिजेन परीक्षण बाट संक्रमण पुष्टि हुनेको संख्या २ हजार ४ सय २६ पुगेको छ । जस मध्ये महिला १ हजार २ सय ३६ र पुरुष १ हजार १ सय ९० रहेको छ । जिल्लामा पीसीआर विधि बाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ५ हजार ५ सय ९२ पुगेको छ । जसमा २ हजार ८६ महिला र ३ हजार ५ सय ६ जना पुरुष रहेका छन् ।

यता स्वास्थ्य कार्यालय पाल्पाले दिउँसो सार्वजनिक गरेको विवरण अनुसार विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका १९ जना महिला र २६ जना पुरुष गरी ३५ जनाले कोरोना जितेका छन् । जस अनुसार रामपुर नगरपालिकाका १५, तानसेन नगरपालिकाका ६, बगनासकाली गाउँपालिकाका ५, रिब्दीकोट गाउँपालिकाका ३, रम्भा गाउँपालिकाका र तिनाउँ गाउँपालिकाका २/२, रैनादेवी छहरा र निस्दी गाउँपालिकाका १/१ जना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिनुभयो । यो सँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ७ हजार ५ सय ३३ पुगेको छ । पाल्पामा अहिले सम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय १७ पुगेको छ ।

अहिले सक्रिय संक्रमित ३ सय ६८ रहेको छ । ३ सय ३९ जना होम आइसोलेसनमा रहेका छन् भने २९ जना विभिन्न अस्पताल र आईसोलेशनमा रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?