लायन्स क्लबकाे फेलाेसिप कार्यक्रम तानसेन पाल्पामा सम्पन्न

पाल्पा –  लायन्स क्लब सम्बन्धि फेलाेसिप कार्यक्रम तानसेन पाल्पामा सम्पन्न भएको छ ।

लायन्स  क्लब अफ रिजन 55 को आयोजना  र लायन्स  क्लब अफ रनौजेस्वरी महिला  क्लब को समयोजन मा   फेलोसिप कार्यक्रम बिहीबार    तानसेन  पाल्पामा समपन्न भएको  छ। पाल्पाका १५ वटा  क्लब र डिस्ट्रिक पदाधिकारी  को सहभागीता रहेको  कार्यक्रममा   लायन्स  गतिविधि  बारे  छलफल  भएकाे  थियो ।

कार्यक्रममा   डिस्ट्रिक चिफ सुशील  प्रधान  ले पछिल्लो  समय  पाल्पा  लायनमय भएको र क्लब मा उठाइएको  सुल्क   विभिन्न  समय  मा नेपाल  मै खर्च  भएको  बताउनुभयो ।भुकम्प  र काेभिडको बेला लायन्स  क्लब ले महत्वपूर्ण  काम  गरि   जनता  को सेवा गरेको  बताउनुभयाे । यस्तै  एडभाइजर  बुद्धि  प्रसाद  शर्मा ,  लुम्बिनी  प्रदेश  सांसद डाक्टर  पुरन मान बज्राचार्य  , त्रिलोचन पौडेल  ,डेपुटी  चिफ  राजेन्द्र  लिगल ,शशी श्रेष्ठ  ,रिजन चियर पर्सन  झमन बहादुर  राज मगर  ,जोन चिएर पर्सन  सुरेन्द्र  पौडेल,  पाल्पा लायन्स  क्लब का अध्यक्ष  मोहन प्रसाद श्रेष्ठले लायन्स  क्लब को विविध  बिषय  मा चर्चा  गर्नु भएको  थियो।

रनौजेस्वरी लायन्स  क्लब का अध्यक्ष सकुन्तला बज्राचार्यकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे संचालन उपाध्यक्ष सुनिता रानाले गर्नु भएको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?