समाजसेवी प्रसाईको पहलमा याम खाम्चालाई सहयोग प्रदान

पाल्पा,समाजसेवी कामना प्रसाईको पहलमा फरक क्षमता भएका बहुप्रतिभावान व्यक्तित्व याम खाम्चालाई सहयोग प्राप्त भएको छ । पाल्पाको रामपुर नगरपालिका १ बर्दाकोट बाट बसाई सरेर हाल हुप्सेकोट गाउँपालिका २ हात्ती गौडा नवलपुर बस्दै आउनु भएको खाम्चालाई नगद सहित स्टेशनरी प्रदान गरिएको हो ।

बहुअपाङ्गताका विच पनि खुट्टाको सहायताले अक्षर मार्फत आफ्ना अभिव्यक्ति राख्दै पढाई संगै साहित्यमा अघि बढेका खाम्चाको उपचार संगै पढाई खर्चको लागि सहयोग हस्तान्तरण गरेको हो । नारीको लागि नारीको संस्थापक सचिव, साँगे धर्ती आमा कोषका संयोजक एवं विभिन्न सामाजिक संस्थामा क्रियाशिल भक्तपुर चाँगुनारायण नगरपालिका १ का प्रसाईले विदेश तथा नेपालीमा रहेका नेपालीहरु मार्फत प्राप्त सहयोग शुक्रबार पाल्पा आएर खाम्चालाई प्रदानु गर्नु भएको हो ।

केलादी प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक मोहन खत्री मार्फत याम खाम्चाको बारेमा जानकारी पाए संगै विभिन्न स्थानमा सहयोगका लागि पहल गर्दै आउनु भएका प्रसाईले पहल थाल्नु भएको थियो । उहाँले इजरायलमा कार्यरत बालिका गिरि लगाएतको पहलमा संकलन भएको २० हजार, मलेसियामा रहेका रमेश मेहेताको पहलमा प्राप्त ५ हजार र भक्तपुर दुवाकोटका समाजसेवी माधव खत्री बाट प्राप्त ५ गरी संकलन भएको ३० हजार बाट नगद सहित स्टेशनरी सामान प्रदान गरिएको जानकारी दिनुभयो । खाम्चालाई नगद २७ हजार ५ सय र अन्य स्टेशनरी सामानहरु प्रदान गरिएको थियो ।

हुप्सेकोट बाट अहिले रामपुर आएका खाम्चा र उहाँको आमा योगमायाँ खाम्चालाई समाजसेवी प्रसाईले रकम र सामाग्री प्रदान गर्नु भएको थियो । खाम्चाले नगद संगै सामाग्री ग्रहण गर्दै प्रसाई र सहयोगी दाताहरुलाई अक्षर मार्फत धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?