पाल्पामा साउन २१ सम्म निषेधाज्ञा थप, लामो तथा छोटो दुरीको सार्वजनिक यातायात सञ्चालन हुने

पाल्पा, पाल्पामा सोमबार देखि लामो तथा छोटो दुरीको सार्वजनिक यातायात सञ्चालन हुने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डिसिएमसि) पाल्पाको आईतबार बसेको बैठकले नेपाल सरकारको साउन ४ गतेको निर्णय अनुसार जनस्वास्थ्यको पूर्ण पालना गरी लामो तथा छोटो दुरीको सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

निषेधाज्ञाको विच यस अघि जिल्ला भित्र जोरविजोर प्रणालीमा यातायात सञ्चालन हुँदै आएको थियो । साथै जिल्ला प्रशासन कार्यालयले बैशाख १७ देखि जारी निषेधाज्ञा आगामी साउन २१ गते सम्मलाई थप गर्दै पसलहरु साँझ ७ बजे सम्म खोल्न दिने भएको छ । सिट क्षमता अनुसार यात्रु राख्ने गरी स्वास्थ्य मापदण्ड पालना गरेर मात्र सञ्चालन हुन दिईने भएको हो । जिल्लामा कोरोना संक्रमणको दर कायम नै रहेको भन्दै आईतबार राति१२ सम्म जारी निषेधाज्ञालाई नवौं पटक थप गरेको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डिसिएमसि) पाल्पाको सिफारिस र जिल्ला सुरक्षा समितिको निर्णय अनुसार साउन २१ गते राती १२ बजे सम्मको लागि थप गरेको हो ।

यस अघि विहान ७ देखि साँझ ५ बजे सम्म खुल्दै आएको खाद्यान्न, तरकारी, दुध तथा माछामासु, पानी, ग्याँस, पेट्रोलियम पदार्थ, स्टेशनरी तथा पुस्तक पसलहरु, फेन्सी लगाएतका अन्य पसलहरु ७ बजे देखि साँझ ७ बजे सम्म खुल्ला रहने भएको छ । पार्टी प्यालेस, सिनेमा घर, नाचघर, क्लव, फुटसल, जिमखाना सञ्चालन गर्न पाईने छैन । बैंक लघुवित्त सहकारी लगाएत अन्य वित्तिय संस्था वीमा सम्बन्धी कार्यालयहरु, सरकारी कार्यालयहरु साविकको समय अनुसार नै १० देखि ५ सम्म खुल्ला रहने छ । सार्वजनिक सेवा सञ्चालन गर्दा दुरी र स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्ड अनिवार्य पालना गर्नु पर्नेछ । साथै मापदण्ड पालना भए नभएको अनुगमन हुने भएको छ ।

होटेल, रेष्टुरेण्ट, चिया तथा खाजा पसल, चमेना गृहहरु स्वास्थ्य मापदण्ड पालना गरि विहान ७ बजे देखि साँझ ८ बजे सम्म खोल्न पाईने छ । मेडिकल तथा क्लीनिकहरु २४ सै घण्टा सञ्चालन हुनेछ । जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले आदेश जारी गर्दै विवाह व्रतवन्ध लगाएत संस्कार जन्य कार्यहरु स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी घर मै सञ्चालन गर्न अग्रह गर्नु भएको छ । जसमा १५ जना भन्दा बढी सहभागी हुन पाईने छैन । आदेशको उल्लंघन गरेमा कोभिड संकट व्यवस्थापन अध्यादेश २०७८ को दाफा १९, २१ र २२ तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कार्वाही हुने जनाएको छ ।

सुरुवातमा डिसिएमसि पाल्पाको गत बैशाख १५ मा बसेको बैठकले बैशाख १७ गते राती १२ बजे देखि २४ गते राती १२ बजे सम्म आह्वान गरेको थियो । त्यस पछि २३ गतेको बैठकले थप गरेर जेठ ४ सम्म, जेठ ३ गतेको बैठकले जेठ १५ गते सम्म, जेठ १४ गते बसेको बैठकले जेठ २४ गते सम्म, जेठ २३ गते बसेको बैठकले जेठ ३१ गते सम्म, जेठ ३१ गते बसेको बैठकले असार १२ गते सम्म, असार ११ गते बसेको बैठकले असार २२ सम्म, असार २१ गते बसेको बैठकले असार ३१ गते सम्म, असार ३१ गते बसेको बैठकले साउन १० गते राति १२ बजे सम्म थप गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी बाट जारी आदेश

Palpa आदेश(6)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?