अगाहाखोला ट्रक दुर्घटना अपडेट : ४ जना घाईते (नामावली सहित)

पाल्पा, सिद्धार्थ राजमार्गको राम्दी–आर्यभञ्ज्याङ्ग सडक खण्डको अगाहाखोलामा मंगलबार विहान ट्रक दुर्घटना हुँदा ४ जना घाईते भएका छन् । बुटवल बाट पोखरा तर्फ जाँदै गरेको ना २ ख ८३९० नम्बरको ट्रक विपरित दिशा बाट आउँदै गरेको ग २ च २०९४ नम्बरको जिप संग ठक्कर खाँदा माथागढी गाउँपालिका १ अगाहाखोलामा सडक बाट खसेको थियो ।

सडक बाट झण्डै सय मिटर तल खस्दा ट्रकमा सवार ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घाईते हुनेहरुमा भारत मोतिहार पूर्वी चम्पार विहारका ४० वर्षिय जिपरुला अन्सारी, सोही स्थानका ३९ वर्षिय नाजिर अन्सारी, २९ वर्षिय गुल्सन अन्सारी र १५ वर्षिय मिराज अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो । घाईतेहरुको युनाईटेड मिसन अस्पताल तानसेनमा उपचार भैरहेको छ । घाईतेहरु मध्ये जिपरुलाको अवस्था गम्भिर र अन्य ३ जनाको अवस्था मध्यम रहेको छ ।

मालबाहक ट्रकले जिपलाई ठक्कर दिदा जिपमा सामान्य क्षति पुगेको छ । चालकलाई नियन्त्रणमा लिएर घटनाको बारेमा थप अनुसन्धान गरि रहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?