मंगलबार पाल्पामा ५३ जनाले कोरोना जित्यो

पाल्पा, पाल्पामा मंगलबार ५३ जनाले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले दिउँसो सार्वजनिक गरेको विवरण अनुसार विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका २३ महिला र ३० पुरुषले कोरोना जितेका हुन् ।

निस्दी गाउँपालिकाका ४६, तानसेन नगरपालिकाका ४, रामपुर नगरपालिकाका २ र बगनासकाली गाउँपालिकाका १ जना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिनुभयो । यो सँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ७ हजार ७ सय ७३ पुगेको छ ।

यता मंगलबार जिल्लामा थप ४३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पीसीआर परिक्षणमा १६ र एन्टिजेनमा २७ गरी २१ जना पुरुष र २२ जना महिलामा संक्रमण देखिएको हो । ३३ जनाको पीसीआर परीक्षण गरिएकोमा रामपुर नगरपालिकाका ४ जना, तानसेन नगरपालिका र बगनासकाली गाउँपालिकाका ३/३ जना, माथागढी गाउँपालिका र तिनाउँ गाउँपालिकाका २/२, पूर्वखोला गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाका १/१ जनामा पोजेटिभ देखिएको हो । जसमा १० महिला र ६ पुरुष रहेका छन् ।

त्यस्तै ८८ जनाको एन्टिजेन परिक्षण गर्दा १२ महिला र १५ पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । जसमा रामपुर नगरपालिकाका १९, तानसेन नगरपालिकाका ३,पूर्वखोला गाउँपालिकाका २, माथागढी गाउँपालिका, बगनासकाली गाउँपालिका र रिब्दिकोट गाउँपालिकाका १/१ जना रहेका छन् । यो सँगै जिल्लामा पीसीआर विधि बाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ५ हजार ६ सय ५२ पुगेको छ । जसमा २ हजार १ सय १८ महिला र ३ हजार ५ सय ३४ जना पुरुष रहेका छन् । यस्तै एन्टिजेन परीक्षण बाट संक्रमण पुष्टि हुनेको संख्या २ हजार ५ सय ५३ पुगेको छ । जस मध्ये महिला १ हजार २ सय ९२ र पुरुष १ हजार २ सय ६१ रहेको छ ।

जिल्लामा अहिले सम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय २१ पुगेको छ । अहिले सक्रिय संक्रमित ३ सय ११ रहेको छ । २ सय ७१ जना होम आइसोलेसनमा रहेका छन् भने ४० जना विभिन्न अस्पताल र आईसोलेशनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?