सडक भासिदा रम्भा १ मा मालवाहक ट्रक पल्टियो

पाल्पा, रम्भा गाउँपालिका १ भुँवर पाल्पामा मंगलबार दिउँसो मालवाहक ट्रक पल्टिएको छ । बुटवल बाट रामपुर तर्फ आउँदै गरेको ना ७ ख ९२३१ नम्बरको ट्रक कालीगण्डकी करिडोरमा पल्टिएको हो ।

घुम्ती सहितको साँघुरो बाटोका कारण सडक भासिएर ट्रक पल्टिएको हुँगी प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरिक्षक चित्र बहादुर बरालले जानकारी दिनुभयो । दुर्घटनामा कुनै मानविय क्षति भने भएन । रामपुर बेलडाँडा आर्यभञ्ज्याङ्ग खण्डको सिलुवा क्षेत्रमा पटक पटक सडक अवरुद्ध भैरहँदा पछिल्लो समय पिपलडाँडा भुँवर खण्ड बाट जोखिम मोलेर हिड्न बाध्य भएको चालकहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?