बुधबार राती देखि रामपुर नगरपालिका १०शिल

पाल्पा, रामपुर नगरपालिका वडा नं. १० लाई शिल गरिएको छ । वडामा ज्वरोको विरामी संगै कोरोना संक्रमित विरामीको संख्या बढे पछि बुधबार बसेको सर्वदलिय बैठकले साउन १३ गते राती १२ बजे देखि साउन २० गते राती १२ बजे सम्मलाई शिल गर्ने निर्णय गरेको हो ।

ज्वरो, रुघाखोकी, भाईरल ज्वरोको संक्रमितको संख्या बढेको र एन्टिजेन परिक्षण गर्दा अधिकांशको रिपोर्ट पोजेटिभ देखिए पछि संक्रमणको जोखिम न्यूनिकरणको लागि शिल गरिएको हो । वडा अध्यक्ष लिल बहादुर गाहाकाे अध्यक्षतामा बसेकाे बैठकले शिल अवधीभर पसल, हाेटल, रेष्टुरेन्ट, भेला, बैठक, विद्यालय, पुजाआजा, विवाह, व्रतबन्ध यातायात लगायतका सम्पुर्ण जमघट हुने कार्य पुर्णरुपमा बन्द गर्ने निर्णय गरेकाे हो ।

साथैले काेभिड पाेजेटिभ विरामीहरुलाई भेटघाट गरी आवश्यक परामर्श सहित सान्त्वना दिने, ज्वरो, रुघाखोकीका विरामीकाे विवरण संकलन गरि एन्टिजेन परीक्षण गर्ने समेत निर्णय गरेकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?