बेझाँडमा मुक्तक मञ्च रामपुरको रचना वाचन

पाल्पा, मुक्तक मञ्च रामपुरको नियमित रचना वाचन कार्यक्रम रामपुरमा सम्पन्न भएको छ । राधाकृष्ण मन्दिर बेझाँडमा भएको कार्यक्रम मुक्तक मञ्च रामपुरका अध्यक्ष स्वप्निल निरवको अध्यक्षता र रामपुर सहित्यिक प्रतिष्ठानका अध्यक्ष बासुदेव ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा स्वप्निल निरव, समिर पौडेल, सुदिप गैरे, सन्तोष श्रेष्ठ, नारायण सम्र्पण, उत्तम अधिकारी, धुर्व परियार, नारायण चापागाई लगाएतले समसामयिक विषय, राजनिती, प्रेम र समाज संग सम्बन्धित आफ्ना रचना वाचन गर्नु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी ढकालले मुक्तक विधा संगै साहित्य क्षेत्रको उत्थानका लागि रचना वाचनको महत्वपूर्ण भुमिका हुने बताउनुभयो ।

त्यस्तै कार्यक्रम संगै मुक्तक मञ्चले मुक्तक विधालाई अझ फराकिलो बनाएर जाने तथा नयाँ प्रतिभालाई प्रोत्साहन गर्नका लागि कार्यक्रम सञ्चालन गर्ने समेत निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?