राम्दीमा पहिरो खस्दा एकको निधन, ३ जना घाईते, उद्धार कार्य जारी

पाल्पा, स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दीमा पहिरोमा पुरीएर एक जनाको निधन भएको छ । साथै पहिरोमा परी ३ जना तीन जना घाइते भएका छन् । सिद्धार्थ राजमार्गको आड मै रहेको राम्दी बजारमा माथि बाट खसेको पहिरोले घरहरु पुरेको थियो ।

पहिरोमा परी वालिङ नगरपालिका १४ की अन्दाजी ४० वर्षीय धनमाया उम्रेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो । पहिरोमा परी राम्दीमा होटेल सञ्चालन गर्दै आउनु भएको गुल्मी छत्रकोटा गाउँपालिका स्थायी ठेगाना भएकी लक्ष्मी बस्नेत, सैनामैना घर हुने १६ वर्षीय शिशिर योगी र ठेगाना नखुलेको एक जना घाइते भएका छन् ।

घाइते भएका तीनै जनालाई थप उपचारको लागि गल्याङ नगर अस्पतालमा पठाइएको र उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार दिपेन्द्र श्रेष्ठ र लक्ष्मी बस्नेतको घरमा क्षेति पु¥याएको छ । पहिरोमा अन्य मानिस पनि परेको आशंका गरिएको छ । उद्धार कार्य चलिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?