नेपाल राष्ट्रिय शिक्षक संगठन लुम्बिनीका अध्यक्ष पोखरेलको निधन

पाल्पा, नेपाल राष्ट्रिय शिक्षक संगठन लुम्बिनी प्रदेश अध्यक्ष एवं पद्मपब्लिक नमूना माध्यमिक विद्यालय तानसेनका सहायक प्रधानाध्यापक विष्णु पोखरेलको निधन भएको छ । पोखरेलको उच्च रक्तचापका कारण ५६ वर्षको उमेरमा बुधबार विहान निधन भएको हो ।

स्वास्थ्यमा एक्कासी समस्या देखिए पछि तानसेन स्थित युनाइटेड मिसन अस्पताल पुर्याउँदै गर्दा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । शिक्षण पेशा संगै उहाँ शिक्षा क्षेत्रको विकासका लागि अनवरत रुपमा लाग्दै आउनु भएको ।

जन्म पूर्वको ताप्लेजुङ, स्थायी ठेगाना झापा भए पनि उहाँ लामो समय देखि पाल्पामा अध्यापन गराउँदै आउँनुभएको थियो । २०२३ असार ४ गते जन्मिएनु भएका पोखरेल २०४४ सालदेखि शिक्षण पेशामा हुनुहुन्थ्यो । उहाँले २०४५ साल देखि २०६० साल सम्म पूर्वी पाल्पाको बालहित माध्यमिक विद्यालय सहकोटमा अध्यापन गर्नु भएको थियो । अस्थायी बाट २०६० सालमा स्थायी हुनु भए संगै उहाँले पद्मपब्लिक नमूना माध्यमिक विद्यालयमा अध्यापन गर्दै आउनु भएको थियो ।

शिक्षक, विद्यार्थी, अभिभावक र सबैका प्रिय पोखरेलको निधनले शिक्षा क्षेत्रमा अपुरणीय क्षति पुगेको जिल्लाका शैक्षिक तथा सामाजिक क्षेत्रमा क्रियाशिल सरोकारवालाहरुले बताएका छन् । उहाँको असामयिक निधन प्रति विभिन्न व्यक्ति तथा संघ संस्थाले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका छन् । उहाँको दुई छोरा र श्रीमति रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?