आज हरितालिका तिज, हिन्दु महिलाहरु ब्रत बस्दै

पाल्पा-  आज भाद्र शुक्ल तृतीया अर्थात हरितालिका तीज ब्रत बसी देश भर मनाईदै छ । आजको दिन हिन्दु नारीहरु निरहार ब्रत बस्ने प्रचलन रहेको छ ।

परापूर्वकालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ अविवाहिताले राम्रो पति पाउन र विवाहिताले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै तीज पर्व मनाउने चलन छ । निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि तीजको अघिल्लो दिन बुधबार नेपाली हिन्दु नारीहरुले दर खाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?