सप्तऋषिको पूजा गरी आज ऋषीपञ्चमी मनाउँदै

पाल्पा , आज भाद्र शुक्ल पञ्चमी अर्थात् ऋषिपञ्चमी ।  हिन्दू  नारीहरूले सप्तऋषिको पूजा तथा आराधना गरी ऋषीपञ्चमी मनाउँदैछन् । तीजकाे अन्तिम दिनका रूपमा याे पर्व मनाइदैछ । तीजकाे दिन लिएकाे ब्रत अाजकाे सप्तऋषीकाे पूजा गरेर मात्र पूरा हुने बिश्वास छ ।

रजस्वलाका समयमा भएका त्रुटि आज अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले मुक्ति मिल्ने धार्मिक विश्वास छ । महिलाहरुले नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३ सय ६५ दत्तिवनले दाँत माझ्ने तथा गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने परम्परा छ । नारीलाई रजस्वलाको तीन दिनसम्म छुन नहुने तथा त्यस अवधिभर विभिन्न संज्ञा दिइने र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसैकारण आजको दिन दत्तिउन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको छ ।

यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गरिने हुँदा यसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तऋषिको पूजा गर्ने पञ्चमीका दिन भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो । अाज देशभरका सप्तऋषीकाे मन्दिमा पुजाकाे भीड लाग्ने गर्दछ । साथै महिलाहरुले सामुहिक पुजा गर्ने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?