मंगलबार पाल्पाका थप १६ जनामा कोरोना पुष्टि

पाल्पा, केही दिन अघि कारोना संक्रमण दर शुन्य रहेको पाल्पामा मंगलबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणमा ३ जना र एन्टिजेन परीक्षणमा १३ जना गरी ९ महिला र ७ पुरुष संक्रमित थपिएको हो ।

कार्यालयले सार्वजनिक गरेको नियमित अपडेट अनुसार पीसीआर परीक्षणमा ३१ जनाको परीक्षण गरिएकोमा २ जना महिला र १ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । जस मध्ये रामपुर नगरपालिकाका २ र बगनासकाली गाउँपालिकाका १ जना रहेका छन् । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ६ हजार १ सय ८६ पुगेको छ । एन्टिजेन परीक्षणमा १३ जनामा संक्रमण पुष्टि भएको छ । ६२ जनामा परीक्षण गरिएकोमा रामपुर नगरपालिकाका ६ जना, रैनादेवी छहरा गाउँपालिकाका ४ जना र रिब्दीकोट गाउँपालिकाका ३ जना गरी ७ जना महिला र ६ जना पुरुषमा संक्रमण देखिएको हो । यो सँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ३ हजार ७ सय ३७ पुगेको छ ।

त्यस्तै पाल्पाका १६ जना संक्रमित कोरोनामुक्त भएका छन् । विभिन्न स्थानीय तहमा रहेका १० महिला र ६ पुरुष संक्रमित कोरोनामुक्त भएका हुन् । जस मध्ये तानसेन नगरपालिकाका ८ जना, रामपुर नगरपालिकाका ३ जना, रिब्दीकोट गाउँपालिकाका २ जना, माथागढी गाउँपालिका, बगनासकाली गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाका १÷१ जना मुक्त भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिनुभयो । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ९ हजार ५ सय ८६ पुगेको छ ।

जिल्लामा अहिलेसम्म २ सय २० जना संक्रमितको मृत्यु भइसकेको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या १ सय १७ पुगेको छ । जिल्लामा ९४ जना होम आइसोलेसनमा रहेका छन् भने २३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?