शनिबार पाल्पाका थप ७ जनामा कोरोना पुष्टि, १६ जना निको

पाल्पा, पाल्पामा शनिबार थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १६ जनाले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले सार्वजनिक गरेको नियमित कोरोना अपटेड अनुसार पीसीआर परीक्षणमा ५ जना र एन्टिजेन परीक्षणमा २ जना गरी विभिन्न स्थानीय तहका ७ जनामा संक्रमण पुष्टि भएको हो ।

२८ जनाको पीसीआर परीक्षण गरिएकोमा तानसेन नगरपालिकाका २, रम्भा गाउँपालिका, तिनाउँ गाउँपालिका र रिब्दीकोट गाउँपालिकाका १/१ जनामा संक्रमण देखिएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ६ हजार २ सय ७ पुगेको छ । जसमा २ हजार ४ सय १४ महिला र ३ हजार ७ सय ९३ जना पुरुष रहेका छन् ।

२ जनामा एन्जिेन परीक्षण गरिएकोमा रैनादेवी माथागढी गाउँपालिका र रिब्दीकोट गाउँपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि हुनेको संख्या ३ हजार ८ सय २० पुगेको छ । जसमा १ हजार ९ सय ७६ जना महिला र १ हजार ८ सय ४४ जना पुरुषमा संक्रमण देखिएको हो ।

यता जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ६ जना महिला र १० जना पुरुष गरी १६ जना कोरोना मुक्त भएका छन् । स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओम प्रकाश पन्थीका अनुसार तानसेनका ५, रिब्दीकोटका ४, रामपुर र तिनाउँका २/२, रम्भा, बगनासकाली र निस्दीका १/१ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ९ हजार ६ सय ६९ पुगेको छ । जिल्लामा अहिले सम्म २ सय २४ जना संक्रमितको मृत्यु भइसकेको छ । हाल जिल्लामा १ सय ३४ जना सक्रिय संक्रमित रहेका छन् । जस मध्ये १ सय १६ जना होम आइसोलेसनमा रहेका छन् भने १८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?