नेकपा एकीकृत समाजवादी पार्टी रामपुरको अगुवा कार्यकर्ता भेला सम्पन्न

पाल्पा, नेकपा एकीकृत समाजवादी पार्टीको अगुवा कार्यकर्ताहरुको भेला रामपुरमा बसेको छ । भेलालाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य एवं पूर्व मन्त्री सोमप्रसाद पाण्डेले मुलुकमा यस्तो परिस्थिति केपी ओलीले ल्याएको आरोप लगाउनुभयो ।

उहाँले ओलीले भारतको कुरालाई अगालेर अघि बढ्दा देशमा यस्तो परिस्थिति सृजना भएको बताउनुभयो । ओलीलाई सैद्धान्तिक ज्ञान नभएको, आफैमा कमजोर भएको संज्ञा दिदै बाल्यकाल देखिको बानी ओलीमा अहिले सम्म पनि रहेको भन्नू भयो । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजेन्द्र लक्ष्मी गैह्रेले बोल्दै हिजो सबैले विश्वास गरेको तर पार्टीमा विद्रोह निम्ताएको एमालेले नै हो भन्नू भयो । नेकपा एकिकृत समाजबादी पाल्पाका सल्लाहाकार संयोजक लेखनाथ पोखरेलले बोल्दै जनतालाई भगवानको सज्ञा दिदै पार्टीको अस्तित्व जोगाउन अब नेकपा एकीकृत समाजबादि अघि बढेको बताउनु भयो ।

जिल्ला कमिटि अध्यक्ष खिमानन्द पाण्डेले बोल्दै देशको सविधान र पार्टीको विधान लाई लत्यायर अघि बढेको काम प्रति विरोध गर्दै हामी ईमान्दार भएर पार्टीलाई बलियो बनाएर अघि बढ्नु पर्नेमा जोड दिनुभयो । जिल्ला कमिटि सदस्य मोहन गैह्रेले बोल्दै लोकतन्त्र संविधानको रक्षाको निम्ति र स्वाभिमान बचाउन नेकपा एस लागेको बताउनु भयो । नेकपा एकीकृत समाजबादि पार्टीका रामपुर संयोजक तथा जिल्ला कमिटि सदस्य फणेश्वर गौतमको अध्यक्षतामा भेला बसेको हो । जिल्ला कमिटि सदस्य विनोद श्रेष्ठको स्वागतबाट शुरु भएको भेलामा पार्टीको विधान र पद्वतिलाई कुल्चेर अगाडि बढेकोले आज हामी यसरी अगाडि बढ्नु पर्ने स्थिति आएको बताउनु भयो । । दरैठाँटी माविमा भएको भेलाको संचालन जिल्ला उपसचिव कमल सेनले गर्नु भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?