एकिकृत मगर उत्थान समाजद्धारा मालपोत अधिकृतलाई स्वागत तथा सम्मान

पाल्पा – एकिकृत मगर उत्थान समाज रामपुर पाल्पाले स्वागत तथा सम्मान कार्यक्रम गरेको छ ।

समाजले शनिबार मालपोत कार्यालय रामपुर पाल्पाका अधिकृत ज्ञान बहादुर सिंजालीलाई स्वागत सहित सम्मान गरेको हो । समाजका अध्यक्ष राम बहादुर हिस्की थापाको अध्यक्षतामा रामपुर ५ वेझाँडमा भएको कार्यक्रम नेपाल मगर संघ लुम्बिनि प्रदेशका प्रदेश सदस्य क्यापटेन धन बहादुर रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रानाले राज्य संचालनको प्रशासनिक क्षेत्रमा मगर समुदायका व्यक्तिहरु कमै मात्र पुग्ने गरेको भन्दै अब राज्यका हरेक तहमा प्रतिनिधित्व सहित नेतृत्व गर्न सक्ने सक्षम नागरिक मगर समुदायबाट पनि उत्पादन गर्नु पर्ने आजको आवश्यकता रहेको बताउनुभयो । साथै उहाँले सम्मानित अधिकृतलाई सफलताका साथ कार्य कौशलता प्रर्दशन गर्दै नागरिकको सेवामा समर्पित हुन आग्रह गर्नुभयो ।

सम्मान ग्रहण गर्दै मालपोत कार्यालय रामपुरका अधिकृत ज्ञान बहादुर सिंजालीले मगर समुदायमा रहेको विकृतिलाई विस्थापित गर्दै अन्य समुदाय सरह प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्न सके मात्र समुदायको विकास हुने बताउनुभयो । उहाँले मगर समुदायका अविभावकले आफ्ना बालबालिकालाई दिने शिक्षा र बातावरणमा सुधार गर्न सके दक्ष र सक्षम नागरिक बन्ने बताउनुभयो । साथै सिंजालीले आफु रामपुर रहँदा सम्म यहाँको समुदाय संग सहकार्य गर्दै अघि बढ्ने र सवै सेवाग्राहीहरुको काम छिटो , छरिटो र सरल रुपमा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यस्तै एकिकृत मगर उत्थान समाज रामपुर पाल्पाका अध्यक्ष राम बहादुर हिस्की थापाले मगर सरकारी कार्यालयको अधिकृत तहमा मगर समुदायका व्यक्तिहरुलाई कमै मात्र देख्न पाईने भएको भन्दै मालपोत कार्यालय रामपुरमा मगर समुदायको अधिकृत पाउँदा खुशी लागेको बताउनुभयो । साथै उहाँले आगामी दिनमा समन्वय र सहकार्य गर्न अनुरोध गर्दै हरेक नागरिकलाई सेवा प्रवहामा कुनै कमी हुन नदिन आग्रह गर्नुभयो । कार्यक्रममा एकिकृत मगर उत्थान सामाज रामपुर पाल्पाका अक्षयकोष संयोजक क्यापटेन देव बहादुर थापा मश्राङ्गी , समाजका कोषाध्यक्ष अनिता राना , सदस्य दानु हिस्की मगर , मगर रेन्जा समुहका कोषाध्यक्ष जमुना रानाले बोल्दै सफल कार्यकालको शुभकामना सहित निष्पक्ष र सरल सेवाका लागी आग्रह गर्नु भएको थियो ।

एकिकृत मगर उत्थान समाज रामपुर पाल्पाका सह अध्यक्ष नरेन्द्र कुमार जर्घाको स्वागतबाट शुरु भएको कार्यक्रमको संचालन समाजका सहसचिव सुनिता रानाले गर्नु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?