रामपुर युवा क्लव द्वारा शुभकामना आदन संगै खर्च सार्वजनिक

पाल्पा, रामपुर युवा क्लव रामपुर ५ पाल्पाले शुभकामना आदन तथा खर्च सार्वजनिक कार्यक्रम सम्पन्न गरेको छ । नेपालीहरुको महान पर्व वडा दशैं, शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदन प्रदान गर्नुका साथै क्लवले कोभिडको समयमा क्लवले व्यवस्था गरेको विरामीलाई निशुल्क खाना कार्यक्रमको खर्च सार्वजनिक गरेको हो ।

कार्यक्रममा क्लवका सल्लाहाकार हजिल दिन मियाँले शुभकामना प्रदान गर्दै समाजलाई सहि बाटोमा हिडाउने क्षमता युवामा रहेको बताउँदै एकतावद्ध भएर लाग्न अनुरोध गर्नुभयो । क्वलका पूर्व अध्यक्ष एवं सल्लाहाकार सदस्य प्रेम प्रकाश श्रेष्ठले थप सक्रिय भएर अघि बढ्न आग्रह गर्नुभयो । सल्लाहाकार विष्णु प्रसाद पौडेलले समुदाय स्तरमा क्लवले सञ्चालन गरेका कार्यक्रम निकै सह्रानिय रहेको बताउनुभयो । रामपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर विजय परियारले कोभिडको समयमा अस्पतालका विरामीहरुलाई खाना खुवाउन कोही नभेटिएको समयमा क्लवले देखाएको सक्रियताले चिकित्सक र विरामीहरुलाई थप उर्जा प्रदान गरेको बताउनुभयो । साथै उहाँले धन्यवाद ज्ञापन गर्नुभयो ।

ट्राभल डेन्टिष्ट्री नेपालका अध्यक्ष डाक्टर डाक्टर शंकर श्रेष्ठले कोभिडको समयमा खाना खुवाउँदाको अनुभव सुनाउनु भएको थियो । क्लवले रामपुर अस्पतालमा उपचाररत कोभिडका विरामीहरुलाई विभिन्न संघ, संस्था, समुह, सामाजसेवी, व्यवसायीहरु संग समन्वय गरी गत बैशाख ३० देखि भाद्र २३ गते नि : शुल्क खानाको व्यवस्था गरेको थियो । महामारीका समयमा होटेलहरुमा समेत खाना नपाईने भए पछि क्लव आफैले खानाको व्यवस्था गरेको थियो । क्लवका अध्यक्ष छम बहादुर दरैंले १ सय १९ दिनमा ३ हजार ९ सय ३२ वटा खाना खुवाएको जानकारी दिनुभयो । कोभिड विरामीका लागि खाना खुवाउने कार्यक्रमका लागि विभन्न संस्था, समाजसेवी, व्यवसायी, उद्योगी तथा प्रवास तथा स्वदेशमा रहेका नेपालीहरु बाट ५ लाख ४८ हजार ६ सय ३७ रुपैयाँ संकलन भएकोमा २ लाख ९८ हजार ७ सय ७७ रुपैयाँ खर्च भएको बताउनुभयो ।

कार्यक्रममा क्लवका पदाधिकारीहरुले एक आपसमा शुभकामना साटेका थिए । कार्यक्रमको सञ्चालन सचिव सुन्दर कंडेलले गर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?