दलु रानाको सालैजो ‘हो रिमै’

पाल्पा, लोक गायक दलु रानाले सालैजो भाका ‘हो रिमै’ सार्वजनिक गर्नु भएको छ । पाल्पाको पूर्वखोला १ सिलुवा क्षेत्रको वर्णन सहितको मौलिक सालैजो भाका सार्वजनिक गर्नु भएको हो ।

सालैजो भाकामा शब्द तथा लय हुम गैरे, स्वर दलु राना र धन माया दिसुवाको रहेको छ । संगित संयोजन हेमराज डाँगीको रहेको छ । सिलुवा मनहरीमा भिडियो छायाङकन पश्चात म्युजिक भिडियो सहित एल्बम विशाल फिल्मस युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । म्युजिक भिडियोमा अभिनय सुमन थापा मगर र सरिता मगरले गर्नु भएको छ । म्युजिक भिडियोको निर्देशन सुमन थापा मगर र छायाकंन सन्तोष बस्यालले गर्नु भएको हो ।

भिडियो मार्फत पाल्पाको पूर्वी क्षेत्रलाई देखाउने प्रयास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?