कांग्रेस रामपुर ६ द्वारा शुभकामना आदन प्रदान

पाल्पा, नेपाली कांग्रेस वडा कार्यसमिति रामपुर नगरपालिका वडा नं. ६ पाल्पाले शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरेको छ । २०७८ सालको विजया दशमी, शुभ दिपावली एवं छठ पर्वको अवसरमा शुभकामना आदनप्रदान गरेको हो ।

नेपाली कांग्रेस वडा कार्यसमिति रामपुर ६ को कार्यालय विजयपुरमा भएको कार्यक्रम वडा सभापति गोविन्द प्रसाद देवकोटाको अध्यक्षता र नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य तिर्थ प्रसाद पंगेनीको प्रमुख आतिथ्यतामा भएको हो । प्रमुख अतिथी पंगेनीले पछिल्लो समय नयाँ पुस्ताका कार्यकर्तामा पार्टीको सिद्धान्त र विचारको कमी हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै पार्टीको नेतृत्व पंक्तीले यस तर्फ सोच्ने समय आएको बताउनुभयो । पार्टीको सैद्धान्तिक ज्ञान र विचारमा पोख्त गराउन नसक्दा सम्म संगठनलाई मजबुत बनाउनमा चुनौति कायम नै रहने बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस रामपुर ६ का निवर्तमान सभापति कृष्ण प्रसाद अर्याल, नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिका सचिव चिरञ्जी सिग्देल, ओम प्रकाश बस्याल, नेपाली कांग्रेस रामपुर ७ का सभापति दुर्गा प्रसाद भट्टराई, क्षेत्रिय प्रतिनिधि इन्द्र कुमारी पौडेल, भगवती खनाल, रामपुर नगरपालिका ६ का वडा सदस्य थिरलाल ढकाल, यम बहादुर भुजेल र जिल्ला सहकारी संघका सदस्य कृष्ण कुमार अर्याल सहित कार्यक्रममा उपस्थित वडा कार्यसमितिका पदाधिकारी, क्षेत्रिय प्रतिनिधि, सल्लाहाकार, भातृसंगठनका पदाधिकारी एवं शुभेच्छुकहरुले शुभकामना व्यक्त गर्नु भएको थियो ।

साथै वडा कार्य समितिमा मनोनित हुनु भएका सदस्यहरु बुद्धि पंगेनी, चण्दीप्रसाद खनाल, कोष बहादुर भुजेल र सीता आचार्यलाई सम्मान गरिएको थियो । क्षेत्रिय प्रतिनिधि राजु पंगेनीको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव सुदिप गैरेले गर्नु भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?