भलायटारमा मोटर साईकलले ठक्कर दिँदा पैदल यात्रु सहित चालक घाईते

पाल्पा, कालीगण्की करिडोर अन्तर्गत रामपुर नगरपालिका २ भलायटारमा मोटरसाईकलको ठक्कर बाट पैदल यात्रु सहित मोटरसाईकल चालक घाईते भएका छन् । साँझ साढे ७ बजे लु २९ प ४३०० नं. को मोटर साईकलले पैदल यात्री रामपुर ५ कान्जीहाउसका १७ वर्षिय अनिशा सेनलाई ठक्कर दिएको थियो ।

साथै मोटर साईकल चालक रामपुर नगरपालिका २ का २५ वर्षिय नुर बहादुर थापा समेत घाईते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता रामेश्वर त्वतीले जानकारी दिनुभयो । घाईते दुवै जनालाई रामपुर अस्पतालमा प्राथमिक उपचार पश्चात लुम्बिनी मेडिकल कलेज प्रभास रेफर गरिएको ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भिम बहादुर कार्कीले बताउनुभयो । आईतबार साँझ साढे ७ बजे भएको घटनाको विषयमा अनुशन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?