तिहार नजिकिदै गर्दा बजारमा चहलपहल (फोटो फिचर)

पाल्पा, नेपालीको दोस्रो ठूलो पर्व तिहार नजिकिए संगै बजारमा चहलपहल बढेको छ । केही दिन देखि तिहारका लागी सामाग्री खरिद गर्ने क्रम चलिरहेकाले बजारमा चहलपहल बढेको हो । पाल्पाको व्यापारिक केन्द्र बेझाँड बजारमा पनि चहलपहल बढेको देखिन्छ ।

गाउँ बाट तिहारका सरसामान खरिद गर्न आउनेहरु गरेका छन् । विषेश गरी बैंक तथा वित्तिय संस्था, सुनचाँदीका पसल, फेन्सी पसल, पुजा सामाग्री पसल, खाद्यान्नका पसलहरुमा मानिसहरुको चाप बढी देखिन्छ । जिल्लाको रामपुर संगै तानसेन, ताहुँ, सराई, आर्यभञ्ज्याङ, डुम्रे लगाएतका स्थानमा चहलपहल देखिन्छ । तिहारको भाइ मसला, लक्ष्मी पुजाको सामाग्री, टीका, फूलमाला लगायतका विभिन्न सरसामान किन्नेहरुको भीड देखिन्छ ।

रामपुरमा पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासीका विभिन्न स्थान बाट किनमेलका लागि आउँछन् । यसवर्षको तिहार बुधबार बाट सुरु हुँदैछ । भाइटीका भने कार्तिक २० गते परेको छ । भाइटीकाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरंगी टीकाका साथ सगुन, फूलमालाका साथै उपहार दिने गर्छन् । यस्तै दाजुभाइले पनि दिदीबहिनीलाई उपहार दिने प्रचलन छ । बजारमा विगतका वर्षमा जस्तै यस वर्ष पनि कृतिम मालाको प्रभाव बढि देखिएको छ ।

हेरौं बेझाँड बजारका विभिन्न स्थान बाट मंगलबार दिउँसो लिईएको तस्वीरहरु अबको क्रममा ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?