माझटोलमा पौष १६ गते देखि गाउँ स्तरिय खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता हुँदै

पाल्पा, रामपुर नगरपालिका ६ माझटोल पाल्पामा आगामी पौष १६ गते देखि गाउँ स्तरिय खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ । मुनस्टार युवा क्लवको आयोजनामा स्थानिय खेल प्रतिभाको उजागर गर्न तथा माझटोल मैदानलाई चनाउने उद्देश्यका साथ प्रतियोगिता हुन लागेको हो ।

क्लवले मंगलबार माझटोल खेल मैदानमा पत्रकार भेटघाट कार्यक्रम गरी प्रतियोगिताको बारेमा सार्वजनिक गरेको हो । प्रतियोगिताको बारेमा जानकारी गराउँदै प्रतियोगिताका प्रचारप्रसार संयोजक देवराज पंगेनीले स्थानीय खेल प्रतिभालाई उजागर गर्नुका साथै माझटोल खाली मैदानलाई खेल मैदानको रुपमा विकास गर्नका लागि पहिलो पटक प्रतियोगिताको आयोजना गरिएको जानकारी दिनुभयो । प्रतियोगिताको लागि विभिन्न स्थानका खेलाडीहरुले बाट टिम सहभागीता गराउने प्रतिवद्धता जनाएको जानकारी गराउनुभयो । उहाँले समाजसेवी तथा स्थानिय व्यवसायी र वडा नं. ६ को सहयोगमा प्रतियोगिता आयोजना हुन गैरहेको बताउनुभयो ।

प्रतियोगितामा पुरुष भलिबल तर्फ प्रथम, द्धितिय र तृतियले क्रमश नगद ३० हजार, २० हजार र १० हजार सहित मेडल प्रमाणपत्र प्राप्त गर्ने छ । साथै महिला भलिबल तर्फ विजेतालाई नगद १० हजार उपविजेतालाई ५ हजार नगद सहित मेडल र प्रमाण पत्र प्रदान गरिने जनाएको छ । साथै प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने क्लवले जनाएको छ । प्रतियोगिताका खेल संयोजक लोक बहादुर आले (राजन)ले पहिलो पटक भएकाले यस पटक पुरुष र महिलम भलिबल मात्र आयोजना गरिएको बताउनुभयो । उहाँले प्रतियोगिता सम्पन्न गर्नको लागि सबै सुझाव र सल्लाह दिई सहयोग गर्न आग्रह गर्नुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै रामपुर नगरपालिका ६ का वडा अध्यक्ष हुमनाथ न्यौपानेले वडा भित्रको खेलकुदको विकासमा यस्ता प्रतियोगिताहरुले खेल प्रतिभा उजागर गर्नका ठूलो सहयोग पुग्ने बताउनुभयो । उहाँले खेलकुदको विकासको लागि वडा सदा साथमा रहेको बताउँदै वडा नं. ६ को विकास र सामाजिक कार्यमा सञ्चार माध्यमले दिएको योगदानको प्रशंसा गर्नुभयो । नेपाल पत्रकार महासंघ जिल्ला शाखा पाल्पाका सदस्य दुर्गेश मल्लले खेलकुदले अनुशासन संगै युवाहरु विच भातृत्वको विकासमा ठूलो योगदान दिने बताउनुभयो । पत्रकार बन्दना पोखरेलले प्रतियोगिता हुन लाग्नु सुखद् रहेको बताउँदै सञ्चार क्षेत्रको पूर्ण साथ रहने बताउनुभयो । कार्यक्रममा सहभागीलाई क्लवका सल्लाहाकार एवं पत्रकार बासुदेव ढकालले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

खेल संयोजक लोक बहादुर आले (राजन)को अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रमको सञ्चालन क्लवका सदस्य सुदिप गैरेले गर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?