रामपुर ६ माझटोलमा गाउँ स्तरिय खुल्ला पुरुष तथा महिला भलिबल सुरु

पाल्पा, रामपुर नगरपालिका ६ माझटोल आज देखि गाउँ स्तरिय खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु भएको छ । मुनस्टार युवा क्लवको आयोजनामा स्थानिय खेल प्रतिभाको उजागर गर्न तथा माझटोल मैदानलाई चनाउने उद्देश्यका साथ प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको शुक्रबार एक कार्यक्रम गरी औपचारिक रुपमा उट्घाटन गरिएको हो । प्रतियोगिताको उट्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले खेल स्वास्थ्य संगै व्यक्तिको अनुसाशन र सृजनशिलताको लागि अपरिहार्य रहेको बताउनुभयो । युवाहरुले खेलकुदको उत्थानको लागि चालेको कदमको प्रशंसा गर्नुभयो । उहाँले नगरपालिका युवाहरुको उत्थानको लागि प्रतिवद्ध भएर लागि रहेको बताउनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिका ६ का वडा अध्यक्ष हुमनाथ न्यौपानेले वडा भित्रको खेलकुदको विकासमा यस्ता प्रतियोगिताहरुले खेल प्रतिभा उजागर गर्नका ठूलो सहयोग पुग्ने बताउनुभयो । नेपाल पत्रकार महासंघ जिल्ला शाखा पाल्पाका सदस्य दुर्गेश मल्लले खेलकुदले अनुशासन संगै युवाहरु विच भातृत्वको विकासमा ठूलो योगदान दिने बताउनुभयो । समाजसेवी दुर्गादेवी पोखरेलले आफ्नो ठाउँको पहिचानको लागि खेलकुद आयोजना गरेको देख्दा खुशी लागेको जानकारी दिनुभयो । प्रतियोतिमा विभिन्न स्थानमा महिला तथा पुरुष समुहको सहभागीता रहेको छ ।

खेल संयोजक लोक बहादुर आले (राजन)को अध्यक्षतामा भएको उट्घाटन कार्यक्रम क्लवका सदस्य सुस्मा आलेको स्वागत बाट सुरु भएको थियो । कार्यक्रमको सञ्चालन सदस्य सुदिप गैरेले गर्नु भएको हो । प्रतियोगितामा शुक्रबार आयोजक र समाज सुधार युवा क्लव तिलकपुर विच मैत्री पूर्ण खेल भएको थियो । प्रतियोगिता अन्तर्गतका खेल शनिबार विहान १० बजे बाट खेल सुरु हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?