अन्धकारमुक्तिले २३ औं संस्था स्थापना दिवस मनायो, दिवसमा उत्कृष्ट शेयर सदस्यहरु पुरस्कृत

पाल्पा, अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था रामपुर पाल्पाले २३ औं संस्था स्थापना दिवसको अवसरमा सम्मान तथा पुरस्कृत गरेको छ । संस्थाको लागि योगदान दिने व्यक्तित्वहरुलाई सम्मान संगै उत्कृष्ट कर्मचारी तथा शेयर सदस्यहरुलाई विभिन्न विधामा पुरस्कृत गरेको हो ।

कार्यक्रमको उट्घाटन संगै शेयर सदस्यहरुलाई पुरस्कृत गर्दै लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघ (प्रोस्कून) का अध्यक्ष कृष्ण प्रसाद नेपालले सहकारी बचत तथा ऋणको कारोबार मात्र नभै उत्पादन संग प्रत्यक्ष जोडिएको बताउँदै प्रत्यक्ष रुपमा देखाउनका लागि लिपीबद्ध गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले सहकारीका शेयर सदस्यहरुको उन्नतिको आधार स्वंयम शेयर सदस्यहरु भएको र शेयर सदस्यहरु सक्रिय हुनु पर्ने बताउनुभयो । केही बजारका सहकारीहरुको व्यवहारले गाउँका सहकारीका सदस्यहरुलाई त्रसित बनाएको बताउँदै सम्बन्धित निकायले नियमन गर्नु पर्ने बताउनुभयो । उहाँले स्थानिय स्तरमा रहेका सहकारीहरुलाई प्रभावित पार्ने गर्ने शहर बजारका नाफामुखी सहकारीलाई सेवा केन्द्रको लागि धमाधम स्वीकृति दिनु आपत्तिजनक भएको बताउँदै नियमक निकायले कडाई गर्नु पर्ने बताउनुभयो ।

प्रोस्कूनका महासचिव ऋषिराम सापकोटाले सहकारीको उत्थानको लागि स्पष्ट नीति, विधि संगै प्रविधि संग जोडिनु आवश्यक रहेको बताउनुभयो । प्रविधिले थप सशक्त बनाउने बताउँदै नयाँ प्रविधिको प्रयोग तर्फ लाग्ने समय आएको बताउनुभयो । संस्थाका पूर्व अध्यक्ष एवं रामपुर नगरपालिका ७ का वडा अध्यक्ष तिर्थ प्रसाद पंगेनीले सहकारी सञ्चालनको लागि नयाँ योजना र व्यवस्थापनका साथ लाग्ने समय आएको बताउनुभयो । संस्थाका सल्लाहाकार सुकदेव पोखरेलले लक्ष्यीत वर्गलाई अघि बढाउने खालको नीति लिनु पर्ने बताउनुभयो ।
सल्लाहाकार दयाराम भट्टराईले पुँजी लागानी संगै उत्पादन तर्फ पनि निगरानी गर्ने समय आएको बताउनुभयो । ससल्लाहाकार नेत्र प्रसाद भट्टराईले डुब्लिकेशनले वित्तिय संस्थाहरुमा समस्या ल्याउने भन्दै यस तर्फ विशेष ध्यान दिन आग्रह गर्नुभयो । सल्लाहाकार सदस्य भोजेन्द्र प्रकाश ढकालले अन्धकारमुक्ति सहकारी गण्डकी बेशी क्षेत्र कै अग्रणी सहकारी भएको बताउनुभयो । कार्यक्रममा शेयर सदस्य दुर्गा प्रसाद भट्टराई, लेखनाथ पोेखरेल, लेखा सुपरीवेक्षण समितिका सदस्य राम प्रसाद ढकाल र संस्थापक सदस्य मनोरथ भट्टराईले खेतको आली बाट आजको अवस्था सम्म आईपुग्नु गौरवको विषय भएकोे बताएका थिए ।

अध्यक्ष सागर प्रसाद देवकोटाले शेयर सदस्यहरुको सुझाव र समय अनुसारको प्रविधिलाई समेट्दै सहकारी अघि बढेको बताउनुभयो । संस्थाका व्यवस्थापक दिपेन्द्र पौडेलले संस्थाको प्रगति प्रतिवेदन सहित कार्ययोजनाको बारेमा जानकारी गराउनु भएको थियो । संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष खगेन्द्र न्यौपानेको स्वागत बाट सुरु भएको थियो । कार्यक्रममा सहभागीहरुलाई सहसचिव यमप्रसाद श्रेष्ठले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन सचिव ओम प्रकाश बस्यालले गर्नु भएको हो ।

कार्यक्रममा नियमित बचतकर्ता रञ्जना ढुङ्गाना, बसन्ता कुमारी थापा हिस्की, चन्द्रकुमार श्रेष्ठ, टोप बहादुर काम्मु, बाबुराम न्यौपाने, महेन्द्रराज थापा, नियमित ऋण भुक्तानी तर्फ शिव बहादुर घर्ती, टेकामाया पुलामी, देव बहादुर पचभैया, ज्ञानेन्द्र कामी, हरि प्रसाद अधिकारी, तिर्थराज पंगेनी, सफल व्यवसायी तर्फ शंकर प्रसाद भट्टराई, जमिलुन मियाँ, धर्मबहादुर सार्की, विना बारघरे, निर बहादुर राना, नारायण पोखरेल, उत्कृष्ट कारोबार तर्फ गोपाल प्रसाद पोखरेल, अनिता सिग्देल, चन्द्र कुमारी श्रेष्ठ, वेगम कुमारी श्रेष्ठ, टेकनाथ चापागाई, अजित दिन मियाँ, उत्कृष्ट शेयर सदस्य तर्फ लेखनाथ पोखरेल, मन्जु रायमाझी, गोमा कुमारी न्यौपाने, कलीसरा सार्की, जुनु सारु, तारानाथ चापागाई, खुमाकुमारी श्रेष्ठ, कृष्टि थापालाई पुरस्कृत गरेको छ ।

उत्कृष्ट केन्द्र तर्फ राधाकृष्ण महिला केन्द्र, सृष्टी महिला केन्द्र, वाकुम महिला केन्द्र र वर भाञ्ज्याङ्ग महिला केन्द्र र उत्कृष्ट केन्द्र प्रमुख तर्फ अन्जु अधिकारी, राधादेवी ठाडा, भगवती सुर्यवंशी, सावित्रा सारुलाई पुरस्कृत गरेको छ । उत्कृष्ट कर्मचारीमा चिरिन्जीवी गौतम पुरस्कृति हुनु भएको छ । त्यस्तै संस्थाले संस्थामा योगदान दिने साधारण सभामा छुटेका १२ जना व्यक्तित्वहरुलाई सम्मान गरेको थियो । आईपे रेमिटमा बम्पर उपहार प्राप्त गर्ने यमकुमारी आलेलाई पनि उपहार प्रदान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?