सुरक्षा बचत तथा ऋण सहकारी संस्थाको ९ औँ बार्षिक साधारण सभा सम्पन्न

पाल्पा- सुरक्षा बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर ५ पाल्पाको ९ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका उपाध्यक्ष मञ्जु भट्ट क्षेत्रीको अध्यक्षतामा भएको साधारण सभा संस्थाका सल्लाहाकार संयोजक लेखनाथ रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रेग्मीले शेयर सदस्यको आर्थिक सम्बृद्धिका लागी सहकारी संस्थाले महत्वपूर्ण भुमिका खेलेको भन्दै संस्थाको विकासका लागी सवै मिलेर लाग्नु पर्ने बताउनुभयो । कार्यक्रममा सल्लहाकार सदस्य बुद्धि प्रकाश रेग्मी , गणेश प्रसाद गौतम , मनिराज अधिकारी , शेयर सदस्य दिपेन्द्र भट्टराईले बोल्दै संस्थाको प्रगतिको शुभकामना दिनु भएको थियो । रामपुर ५ रेशम सभा हल पाल्पामा भएको कार्यक्रममा संस्थाका संचालक समितिका कोषाध्यक्ष शालिकराम सिग्देलले करिब १३ करोड ५९ लाख ३२ हजार १ सय ५३ रुपैयाँ बराबरको बार्षिक आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

साधारण सभाका अवसरमा संस्थाले विभिन्न विधामा पुरस्कृत गरेको छ । संस्थाले असल बचतकर्ता चम्पा कुमारी थापा , असल ऋणि अम्बी रानालाई पुरस्कुत गरेको छ भने संस्थाका पूर्व लेखा संयोजक दल बहादुर केसीलाई मरणोपरान्त अभिनन्दन गरेको छ ।

सहकारी संस्थाका शिक्षा उपसमिति संयोजक रिता गौतमको स्वागतबाट शुरु भएको कार्यक्रमको संचालन संस्थाका सचिव राम बहादुर रानाले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?