प्रहरी उपरीक्षक शाही र पत्रकारहरु वीच तानसेनमा अन्तरक्रिया

तस्वीर : जिल्ला प्रहरी कार्यालय पाल्पाको फेसबुक बाट

पाल्पा, जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक जनकबहादुर शाही र पाल्पाली पत्रकारहरु वीच शुक्रबार तानसेनमा अन्तरक्रिया भएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ बाट सरुवा भई पाल्पा आउनु भएका शाहीले परिचय संगै पत्रकारहरु संग शान्ति सुरक्षाको अवस्था र चुनौतीको विषयमा अन्तरक्रिया गर्नु भएको हो ।

कार्यक्रममा बोल्दै उहाँले जिल्लाको शान्ति सुरक्षा कायम गर्न सबैसँग समन्वयात्मक भूमिका निर्वाह गर्ने बताउनुभयो । पत्रकार, राजनितिक दल, नागरिक समाज तथा सर्वसाधारणहरुको सुझावलाई कार्यान्वयन गर्दै जिल्लाको शान्ति सुरक्षालाई ध्यान दिएर काम गर्ने बताउनु भएको हो । कार्यक्रममा प्रहरी उपरीक्षक शाहीले अपहरणमा परेका किशोर न्यौपानेको घटनालाई नजिक बाट अनुसन्धान गरी परिणाम निकाल्न सक्रिय हुने बताउनुभयो । जिल्लाको टिपर व्यवस्थापन, जुवातास नियन्त्रण, आत्महत्याका घटनाहरुको न्युनिकरण, घरेलु मदिरा नियन्त्रण तथा रोकथाम, लागु औषध ओसार पसार तथा नियन्त्रणमा सक्रिय भएर काम गर्ने प्रहरी उपरीक्षक शाहीले बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले विगतमा घटेका केही घटनाहरुमा प्रहरीहरुको मिलेमोतोमा मुद्दाहरुलाई बङ्गाईएको, जुवातासका घटनामा प्रहरीको मिलेमोतो देखिएको आरोप सर्वसाधारण बाट आएकाले प्रहरीले सत्य सेवा सुरक्षणमको नारा अनुसार काम गर्न सुझाव दिनुभयो । कार्यक्रममा पत्रकार महासंघका पुर्व अध्यक्ष भगवान भण्डारी, उपाध्यक्ष भरत शर्माले जिल्लामा टिपर आतंक बढी रहेको, ओभरलोडमा प्रहरी मिलेमोतो हुने गरेको, मापसे चेकिङ्गमा प्रहरी सुस्ताएको घटना बाहिर चर्चामा आएकाले प्रहरीहरुलाई जिम्मेवार बनाउन अनुरोध गर्नुभयो । कार्यक्रममा पत्रकारहरु कृष्ण पोखरेल, कृष्ण कार्की, मिलन वि.क. नारायण न्यौपाने, सुनिल कार्की लगायतले टिपरको टाइम काड लागु गर्न, ओभरलोड टिपरलाई व्यस्थित गर्न, दोभानमा तत्काल धर्मकाटा सञ्चालन गर्न, घुमुवा प्रहरीलाई व्यस्थित गर्न, प्रविधीमैत्री तरिकाबाट ट्राफिक व्यवपस्थापन, निगरानी गर्न, आत्महत्या न्युनिकरणको अभियान गाउँ–गाउँमा सञ्चालन गर्न, सामुदायिक प्रहरी परिचाल व्यबस्थित गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा प्रहरी उपरिक्षक शाहीले त्रिवर्षीय मुद्दा तथा अपराध, दुर्घटनाका घटनाको विवरण तथा अवस्थाको बारेमा जानकारी गराउँदै जिल्ला प्रहरी कार्यालय पाल्पामा ४ सय ५८ जनाको दरवन्दी भए पनि ३ सय ८३ जना मात्र जनशक्ति कार्यरत रहेकाले सबै स्थानमा चाहे अनुसारको प्रहरी परिचालन गर्न कठिनाई भएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?