पाल्पा, पाल्पाको रामपुरमा मगर भाषा र संकृतिमा आधारित चलचित्र माराङ प्रर्दशन भएको छ । सुनारी फिल्मस द्वारा निर्मित फिल्म मगर रेन्झा समूह रामपुरको आयोजनामा प्रदर्शन गरिएको हो ।
प्रदर्शन पुर्व एक कार्यक्रम गरीएको थियो । कार्यक्रमा बोल्दै एकृकित मगर उत्थान समाज रामपुरका अध्यक्ष राम बहादुर हिस्की थापाले फिल्म प्रदर्शनीले मगरी भाषा, संस्कृति संरक्षणमा विशेष सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा फिल्मका नायक रमेश बाबू थापाले जानकारी दिनु भएको थियो । मगर रेन्झा समुहका अध्यक्ष राम प्रसाद थापाको अध्यक्षता भएको कार्यक्रममा मगर रेन्झा समुहका सहसचिव कमल रानाको स्वागत बाट सुरु भएको थियो । कार्यक्रमको सञ्चालन सचिव दान बहादुर हिस्कीले गर्नु भएको हो ।

फिल्मको लेखन तथा निर्देशन बुड्या सुनारीले गर्नु भएको छ । पाल्पाको निस्दी ४ मित्याल परिसर, तनहुँ र काठमाडौको दृश्य सहित छायाङ्कन गरिएको थियो । पुर्वी पाल्पाको मगरी भाषा र संस्कृतिमा आधारित भएर निर्माण गरिएको फिल्ममा रमेश बाबू थापा, श्रृजना मश्राङ्गी सहित स्थानिय कलाकारहरुको अभिनय रहेको छ । फिल्म प्रदर्शन होटेल न्यू श्रीनगरको सभाहलमा भएको थियो ।